अनुगमनमा बन्द भएका भरतपुर र नारायणगढ क्षेत्रका औषधी पसल खुले

चितवन ।

औषधी व्यवस्था विभागले चितवनको भरतपुर महानगरपालिकामा यस अधि गरेको अनुगमनमा बन्द भएका भरतपुर र नारायणगढ क्षेत्रका ५ औषधी पसल बुधवार विभागकै शाखा कार्यालय विरगंजको प्रतिनिधिको रोहवरमा खोलीएका छन् । शाखा प्रमुख भाग्य नारायण सिंहको नेतृत्वमा आएको टोलीले नारायणगढमा रहेको रुपाली होमियो र रोहित औषधालय, गंगा औषधालय, अनमोल आयुवैद्धिक, बस्नेत मेडिकल र मनु फार्मैसीको ताला खोली दिएको हो ।

विंरगज शाखाका अनुगमन निरिक्षक विजय यादवको टोलीले यस अधि यो ५ पसललाई बन्द गर्नू का साथै अन्य औषधी पसलहरुलाई सुध्रन निर्देशन दिएको थियो । सवै औषधी पसलहरुले विभागको विरगंज शाखामा उपस्थिति भई आफ्नो सम्पुर्ण कागजपत्र पेश गरे पछि विभागमा गत्ती पक्षको छानविन गर्ने गरि अहिलेको लागि कारेवार संचालन गर्न पाउने गरि ताला खोलेको हो । बन्द पसल खोल्नका लागि चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्मा , उपभोक्ता संरक्षण मंचका वरिष्ठ उपाध्यक्ष विष्णु भुषाल सहित संचारकर्मीहरुको सहभागिता रहेको थियो । औषधी विभागले गरेको बन्द पसल खुल्यो ।

Related posts

Leave a Comment