अमेरिकामा नेपाली गायिकालाई युवकले बियर पिएर एउटै बेडमा सुत्न बाध्य पारेपछि

 

 

क्यालिफोर्नियामा बस्दै आएकी युवा कलाकार निक्की कार्कीले आफूमाथि यौन दुव्र्यवहारको प्रयास प्रयास भएको बताएकी छिन ।
क्यालिफोर्नियामा बस्ने कलाकार कार्कीलाई एक नेपाली युवक सुशिल नेपालले कार्यक्रममा गित गाउन भन्दै बोलाएर आफनै कोठमा लगेर बियर पिएर एउटै बेडमा सुत्न बाध्य बारेको कार्कीले भिडियो सन्देशमार्फत सार्वजनिक गरेकी छन ।
२० वर्षीया निक्कीले सामजिक संजालमा सार्वजनिक गरेको भिडियोमा एक नेपाली पुरूषले यौन दुव्र्यवहारको प्रयास गरेको आरोप लगाएकी छन ।

नर्थ क्यारोलिनामा बस्दै आएका सुशील नेपालले सांस्कृतिक प्रस्तुति गर्न क्यालिफोर्नियाबाट नर्थ क्यारोलिना जाँदा एयरपोर्टबाट सिधै आफ्नो रुपमा लगेर यौन दुव्र्यवहारको प्रयास गरेको खुलासा गरेकी छन ।
आफुमाथी यौन दुव्र्यवहारको प्रयास भएकोप्रति आयोजकलाई जानकारी गराउदाँसमेत कुनै कारबाही नभएपछि आफुले भिडियोमार्फत घटना सार्वजनिक गरेको कार्कीको भनाई छ ।
भिडियोमा उल्लेख भएअनुसार युवकले कार्कीलाई आफु बस्न एउटैमात्रै बेड भएको कोठामा लगेर कार्कीलाई बियर पिउन आग्रह गरेका थिए । कार्कीले बियर नपिउने भनेपछि आफुले बियर पिएर एउटै बेडमा वीचमा सिरानी राखेर सुत्न बाध्य पारेका थिए ।

Related posts

Leave a Comment