आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गर्न खोज्ने शिक्षक पक्राउ

दार्चुला । दार्चुलामा विद्यालयमै बहिनि नातापर्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

आफ्नै विद्यालयमा पढ्ने छात्रालाई दुव्र्यहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । दार्चुलाको नौगाढ गाउँपालिका १ दुर्गा भवानी प्रथमिक विद्यालयमा अध्ययरत छात्रामाथी दुव्र्यहार गरेको आरोप शिक्षक मोहनलाल ठगुन्ना पक्राउ परेका हुन् ।

छात्रामाथि दुव्र्यवहार गरेको भनी छात्राका दाईले प्रहरीमा उजुरी गरेका छन् ।

असोज २२ गते शिक्षक ठगुन्नाले विद्यालयको सौचालय सफा गर्न भन्दै सौचालयमा लगेर नगद पैसा र लुगा किनिदिने प्रलोभन देखाएर दुव्र्यवहार गर्न खोजेको प्रहरीले जनाएको छ ।

शिक्षक ठगुन्नालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी चौकी दल्लेखले जनाएकोे छ ।

साथै विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षक ठगुन्नालाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ ।

बालिका कक्षा ५ मा अध्ययनरत थिईन् ।

Related posts

Leave a Comment