एमालेसहित विपक्षीको नाराबाजीपछि संसद् बैठक स्थगित (भिडियोसहित)

टिभी अन्नपूर्ण, काठमाडौं ।

एमालेसहित विपक्षीको नाराबाजीपछि संसद बैठक स्थगित भएको छ ।

संसद्‍मा नाराबाजीकाबीच प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा छलफलको लागि समय निर्धारण गरिएको छ ।संसदको शुक्रबार एकैछिन बसेको बैठकमा नेकपा एमाले, राप्रपासहित विपक्षी गठबन्धनका सांसदहरुको विरोध र नाराबाजीबीच सभामुख ओनसरी घर्तीमगरले महाअभियोग प्रस्तावमा आजै छलफल हुने जानकारी गराएकी हुन् । महाअभियोगमाथिको छलफलका लागि आजै दिउँसो १ बजे संसद बैठकमा बोलाइएको छ ।

विपक्षी दलका सांसदहरुले रोस्टम घेराउ र नाराबाजी जारी राखेपछि सभामुख घर्तीले बैठक स्थगित भएको घोषणा गरिन् । उनले विपक्षी दलहरुको अवरोधपछि संसद् शुन्य र विशेष समयसहित अन्य कार्यसूची पनि हटाएको जानकारी दिइन् ।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले संसद् सचिवालयमा गत आइतबार दर्ता गरेको महाअभियोग विपक्षीको विरोधका बीचमा सदनमा लगिएको हो ।

Related posts

Leave a Comment