ओलीको गृह जिल्ला झापामा काँग्रेसद्धारा भोटका लागि पैसा बाँडियो (भिडियोसहित)

टिभी अन्नपूर्ण, झापा ।

एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा भोटका लागि काँग्रेसले पैसा बाडेको पाईएको छ ।

नेपाली काँग्रेसका आफ्ना उम्मेदवारलाई जिताउन भोट माग्नको लागी मतदाताको नाम लेख्दै पैसा बाड्दै गरेको पाईएको हो । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुरामा शनिवार काँग्रेसको आमसभा भईरहेका बेला कार्यकर्ताले पैसामा भोट किनिरहेका थिए ।

चुनावीसभा भईरहेकै बेला नजिकैको एउटा बन्द कोठामा मानिसहरुलाई पैसा बाँड्ने काम भइरहेको भिडियो गोप्य भिडियो सार्वजनिक भएको छ । भिडियोमा काँग्रेसका कार्यकर्ता धमाधम पैसा बाँडिरहेको प्रष्टै देखिन्छ ।

गौरादहको बैगुन्धुरामा काँग्रेस कार्यकर्ताले भोटका लागि विपन्न वर्गका जनतालाई पैसा बाँडेका हुन् । गौरादह वडा नम्बर ९ मा कांग्रेसबाट सिताराम भट्टराई उम्मेदवार छन् । भिडियोमा नोट बाँड्ने व्यक्ति स्थानीय अमर माध्यमिक विद्यालयका सह प्रधानध्यापक हुन् ।

Related posts

Leave a Comment