कोमल वली एमाले प्रवेश गर्नुको कारण यस्तो छ, छोरी बन्दैछिन कोमल

केही समयअघि मात्रै राजनीतिमा लाग्ने भन्दै राप्रपा प्रवेश गरि केन्द्रीय सदस्य बनिसकेकी गायिका कोमल वलीले पार्टी परिवर्तन गर्ने भएकी छन ।
नेता बन्ने तीव्र महत्काक्षाकासहित राप्रपा प्रवेश गरेकी ओली राजनीतिमा होमिएलगत्तै राप्रपा फुटेपछि बिरक्तिएर  फेरि नयाँ पार्टीको खोजीमा लागेको ओलीनिकट स्रोत बताउछ ।

चर्चित सेलिब्रेटी राजनीतिमा होमिन खोजेदेखीनै आफ्नै पार्टीमा ल्याउने कसरत थालेका केपी शर्मा ओलीले छोरीलाई भेट्ने भन्दै बालकोट बोलाएर कोमल वलीलाई आफनै बाबुसँगै बस्न प-यो भन्दै कन्भिन्स गरेका थिए ।
यसो त दाङका एक चर्चित व्यापारी नेतासमेत कोमल वली वा रेखा थापा एमाले प्रवेश गरे आफुपनि एमालेमा आउने बताउदै आएका थिए ।
यसरि कोमल वली वा रेखा थापा एमालेमा आए आफुपनि एमाले प्रवेश गर्ने बताउदै आएका नेता भने दाङका नेपाली काँग्रेसका प्रभावशाली नेता  हुन । ओली आउने पक्का भएपछि रानाको समेत यहि हप्ता एमाले अध्यक्ष ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्न तयारी छ ।
रेडियो नेपालको पूर्णकालिन जाँगिर छाडेर पार्टीमा होमिएकी वलीलाई एमाले प्रवेशपछि आगामी निर्वाचनमा टिकट दिने विषयमा एमाले अध्यक्ष ओलीले नै आश्वस्त पारिसकेका छन ।
ओलीनिवास बालकोटमा भएको केपी ओली र कोमल वली बिचको भेटमा एमाले अध्यक्ष ओलीले कोमललाई छोरी बनाउन चाहेको समेत सुनाएका थिए ।

 

Related posts

Leave a Comment