कौडा खेलमा संलग्‍न ब्यक्तिहरु पक्राउ

काठमाण्डौ |
महानगरीय प्रहरी वृत्त गौशालाले कौडा खेलमा संलग्न ९ जना ब्यक्तिहरुलाई नगद सहित पक्राउ गरेको छ ।

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका -७ घर भएको बर्ष ४८ को लाल बहादुर सुनुवारले काठमाण्डौ महानगरपालिका, सिनामंगलमा सन्चालन गरेको गार्मेन्ट कारखाना भित्र अवैध रुपमा जुवा खेलाईरहेको भन्ने सुचनाको आधारमा उक्त स्थानबाट निज सुनुवार लगायत अन्य ८ जनालाई नगद रु. २,०६,६९५/- र कौडा सहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्य व्यक्तिहरुमा नवलपरासी जिल्लाको जवलपुर नगरपालिका घर भई हाल बानेश्वर बस्ने सुदिप केसी, रामेछाप जिल्लाको टोकरपुर गाउँपालिका -७ घर भई हास्ने बानेश्वर बस्ने मोहन कंडेल, रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका घर हुने विकास कुमार सुनुवार, तेम्बा शेर्पा, प्रज्वल सुनुवार, ढाल बहादुर तामाङ, प्रबिण सुनुवार र ओखलढुंगा घर भई हाल शान्तीनगर बस्ने ईश्वर बुढाथोकी रहेका छन् ।

घटना सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Related posts

Leave a Comment