गौचन हत्या: ४ जना मिलेर यसरी योजना बनाएका थिए

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा ४ जना संलग्न रहेको तथ्य प्रहरीले फेला पारेको छ ।

हत्यामा संलग्न मध्ये तीन जनाको स्केच तयार भएको प्रहरी स्रोतले बताएको छ । प्रहरीका अनुसार उक्त स्केचका आधारमा सम्भावित अभियुक्तहरूको पक्राउ गर्न सजिलो हुनेछ ।

प्रहरी स्रोतका अनुसार हत्या अघि उक्त समूहमा रहेका चार जनाले भिमसेनगोला र प्रयाग मार्गमा बसेर योजनाको अन्तिम तयारी गरेको देखिन्छ । प्रहरीले उक्त घटनामा नाइन एमएमको पेस्तोल प्रयोग भएको समेत बताएको छ ।

घटनामाथी अनुसन्धान गर्न मंगलबार नै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ । उक्त टोलीमा केन्द्रिय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरिय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डिएसपी र एक ईन्सपेक्टर छन् ।

Related posts

One thought on “गौचन हत्या: ४ जना मिलेर यसरी योजना बनाएका थिए

  1. bicky

    नेपाल पुलिस को स्केच त्यस्तै हो सर बसन्तपुरमा यसिड छ्याप्ने ब्यक्ती मङ्गोल अनुहार भएको भनेर स्केच गर्‍यो पछी ब्यक्ती अर्कै निस्के त्यही भएर भर लाग्दैन

Leave a Comment