थाईल्याण्ड विरुद्ध नेपालको फराकिलो जित

काठमाडौँ । १९ वर्षमुनीको एसिया कप छनोट अन्तरर्गत नेपालले थाईल्याण्डलाई २ सय ५५ रनले पराजित गरेको छ ।

मलेसियाको क्लव अमानको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सात विकेट गुमाउदै दुई सय ८१ रन बनायो ।

थाईल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले ७ विकेट लिए। यस्तै, नन्दन यादव र किशोरी महतोले एक÷एक विकेट लिए। कप्तान दीपेन्द्र सिंह ऐरीका नाममा पनि एक विकेट रह्यो।

Related posts

Leave a Comment