देउवाले कमल थापालाई उपप्रधानमन्त्री दिए, माओवादी मन्त्री हटाउने यस्तो छ तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै कमल थापालाई उपप्रधानमन्त्री बनाएका छन् ।

राप्रपा अध्यक्ष थापा सहित देउवाले सरकारमा दिनाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त भएका हुन् । कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई मन्त्रालय नतोकी राज्यमन्त्री नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीहरुको सिफारिस बोकेर प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका थिए । मन्त्रीहरुको शपथ समय भने नतोकिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

कांग्रेससँगको सत्ता साझेदारी तोड्दै माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले माओवादी मन्त्रीहरुलाई निश्कासनको तयारी गरेका छन् ।

Related posts

One thought on “देउवाले कमल थापालाई उपप्रधानमन्त्री दिए, माओवादी मन्त्री हटाउने यस्तो छ तयारी

Leave a Comment