नाकाबाट पटका भित्र्याउने क्रम शुरु

शम्भु माली/कपिलबस्तु ।

नेपालीहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले कपिलबस्तुको जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइ छिपाइ ठूलो परिमाणमा पटका भित्रियाउने गरेका छन् ।

तस्करले कपिलबस्तुको चाकरचौडा, रगंपुर, मर्यादपुर,कृण्णनगर,लगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको पाइएको छ ।

क्यारियरवालाले भारतको सिद्धार्थनगरका बिभिन्न भारतीय बजारबाट ती पटका कपिलबस्तुका नेपाली बजारसम्म पु¥याएरबापत सम्बन्धित व्यापारीसँग सर्त बमोजिमका केही प्रतिशत दिने गरेको बताए । ती क्यारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको श्रोत्रको दाबी छ ।

अतिप्रज्वलनशील पदार्थका रुपमा रहेको पटका नेपाल भित्रिने गरेकोबारे प्रहरी अधिकारीले स्वीकार गरेका छन् । तर सीमा नाकामा प्रहरीले कडाईका साथ पटका भने समात्ने गरेको कपिलबस्तुका प्रहरी निरीक्षक भोज जंग शाहले बताएका आएका छन् । खास गरी भारतबाट आउने मालबाहक सवारी साधन जिप, कार, टाँगा जस्ता गाडीमा पटका लुकाइछिपाइ ल्याउने गरेको देखिन्छ ।

Related posts

Leave a Comment