निर्वाचन नहुँदा विकास निर्माणको काम अवरुद्ध–मन्त्री जोशी

tv annapurna
टिभी अन्नपूर्ण

२७ पुस,काठमाडौँ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशमा लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएकाले विकास निर्माणको काममा बाधा पुगेको बताएका छन्।

नेपाल प्रेस युनियन पाल्पाले आज रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने , ‘सरकराले जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको छ।’

मन्त्री जोशीले ‘संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य भएकाले सरकारले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्छ’ भने।

बन्द भएका हेटौंडा कपडा उद्योग र नेपाल औषधी उद्योग कम्पनी लिमिटेड पुनः सञ्चालनका लागि काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्दै उनले अबको दश वर्षभित्र मुलुकमा ठूला उद्योगहरु स्थापना गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण मिलाउन सरकार लागि परेको बताए।

मन्त्री जोशीले मुलुकको ठूलो युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएकाले अब रोजगारी स्वदेशमै सिर्जना गर्ने गरी औद्योगिक नीति ल्याउन लागेको जानकारी दिए।

Related posts

Leave a Comment