नेपालमा बाख्रा पालेरै लाखौं कमाई, भन्छन विदेश केलाई जानु यहि छ पैसा

वैदेशिक रोजगारीका लागी गएका २ भाई छोरालाई नेपालमै केही गर्ने भन्दै गएकै बर्ष फिर्ता बोलाए । स्वदेशमै यति सम्भावाना छ फेरि बिदेशमा केलाई दुःख गर्न पठाउनु ।

नेपालमा पालेको खसी–बाख्रा बाटै राम्रो कमाइ भएपछि के लाई जानु खाडी रु” यो भनाइ हो – युवा स्वरोजगार कोषामार्फत कर्जा लिएर व्यावसायिक बाख्रापालन गरिरहनुभएका रामकान्त पौडेलकोे । केही बर्ष अघिसम्म खाडी पठाउन छोराको पासपोर्ट बोकेर हिड्ने पौडेलको परिवार अहिले निक्कै खुसी छ । स्वदेशमै बाख्रा पालेर बार्षिक १५ लाख कमाउन थालेपछि पौडेल अहिले गाँउ अरुलाई पनि विदेश नजाने आग्रह गर्छन । दुई बुढाबुढी, दुई छोेरा २ कामदारसहित बाख्रापालन बाख्रापालनमा सक्रिय पौडेलको भनाई छ –“पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ । उनले विसं २०७० को असारमा सुरु गरेका हुन ।

बाख्रापालन व्यवसायले काम र दाम मात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उनको भनाई छ । अहिले पौडेलको फार्ममा एक सय पचास भन्दा बढी बाख्रापाठा छन । स्थानीय जातका बाख्रामा उन्नत जातको बोको लगाएर उत्पादन गरिएका बोका–पाठीको माग धान्न उनलाई हम्मे–हम्मे छ । जन्मिने बित्तिकै ‘बुक’हुन्छ –रामकान्तकी पत्नी कश्मिराले हौसिँदै भनिन – “लामो समय कृषि र बैदेशिक रोजगारीको आश गरेर बस्यौं तर गर्जो टार्न मुस्किल थियो अहिले बाख्रापालनबाट मनग्ये आम्दानी हुन थालेको छ । बाख्रापालनमा लागेपछि उनिहरु अहिले खेती गर्न छाडेर आफ्नो र छिमेकीको जग्गा भाडाामा लिएर घाँस लगाएका छन ।

तीन वर्षको अवधिमा बाख्रापालनमा उनको रु १२ लाख लगानी भइसकेको छ । तर, लगानी भएसँगै बोकापाठी बेचेर उहाँले झन्डै वार्षिक रु १५ लाख आम्दानी लिइसकेका छन । सय पचास माउ बाख्रा बनाउने लक्ष्यका साथ व्यवसायमा होमिएका पौडेल भन्छन – अहिले भएका बाख्रा र १० वटा बोकाको न्यूनतम मूल्य नै दश लाखभन्दा धेरै हुन्छ । बोका–पाठीको माग धान्नै गाह्रो भएकाले हाललाई यही व्यवसाय विस्तार गर्ने उनले बताए ।

जिउँदो बोका प्रतिकेजी एक हजार र पाठी प्रतिकेजी रु ७०० का दरले बिक्री गरिरहेका सुवेदी आफ्नै गाउँमा अझै ८÷१० वटा फर्म सञ्चालन गर्नु पर्ने बताउँछन् । तीन महिनाको बोको २०÷२२ केजीको हुन्छ । यही मूल्यमा बेच्दा पनि एउटा बोकाको मूल्य सामान्यतया रु २० हजार पर्छ । उनले पैसा कमाउन विदेश गइरहनु नपर्ने तर्क दिँदै स्थानीय बुद्धिजिवी भन्छन नेपालमै बाख्रासँगै अन्य पशुपालन गरे धेरै यूवा पासपोर्ट बोकेर विदेशका लागी भौतारिनु पदैंन ।

Related posts

Leave a Comment