नेपालमा रेलमार्ग बन्दैछ तर रेल छैन, रेल विभाग अलमलमा

train

नेपालमा रेल संचालनका लागी बिभिन्न खाले बहसहरु चल्छन । कहिले चिनबाट आउने रेल तथा कहिले भारतीय रेलको चर्चा हुने गरेको छ । अझै नेताहरुले त काठमाण्डौमा मेट्रोरेल संचालनगर्ने भाषण ठुल्ठुला स्वरमा गर्न थालेका छन । तर छिट्टै सञ्चालनमा ल्याउने गरी निमार्ण भईरहेको बर्दिबास–जयनगर रेलमार्गमा कुद्ने रेल नै नभएपछि भने नेपालको रेल विभाग अलमलमा परेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडको स्वामित्वमा ४ ओटा पुराना डिजेल इन्जिन रेल भएपनि निर्माण भइरहेको बर्दिबास–जयनगर ट्रयाकमा चलाउन नमिल्दाँ रेल विभाग अलमलमा परेको हो । भारतले निमार्ण गरिदिएको रेलमार्गमा गुड्ने रेलपनि भारतले नै देला भनेर कुरिरहेकोको नेपाल सरकारले अहिलेसम्म भारतसँग माग्ने कुनै प्रक्रिया भने अघि सारेको छैन ।
यदि भारतले अनुदानमा नदिएको खण्डमा उक्त रुटमा सञ्चालन गर्ने रेलको मूल्य २५ करोडदेखि ५० करोड रुपैयाँसम्म पर्नेछ ।
नेपाललाई १ वर्षपछि बर्दिबास–जयनगर रुटमा सञ्चालन गर्न कम्तिमा ५ ओटा रेल आवश्यक पर्नेछ ।

Related posts

Leave a Comment