नेपाल ताजकिस्तानसँग ३—० ले पराजित

एसिया कप २०१९ को छनौटको आफ्नो चौथो खेलमा नेपाल ताजकिस्तानसँग ३–० गोलले पराजित भएको छ ।

पहिलो हाफको २० औँ मिनेटमा डिबक्सभित्र नेपाली खेलाडीको हेण्ड भएपछि पाएको पेनाल्टीमा ताजकिस्तानले पहिलो गोल गरेको थियो ।

दोस्रो हाफमा डिबक्समा ताजकिस्तानका खेलाडीलाई लडाएपछि दोस्रो पटक पाएको पेनाल्टीमा ताजकिस्तानले दोस्रो गोल गरेको थियो । खेलको ८६ औं मिनेटमा अर्को पेनाल्टीमार्फत ताजकिस्तानले तेस्रो गोल गर्दै ३–० को जित दर्ता गरेको हो ।

Related posts

Leave a Comment