नौबिसे नागढुंगामा हैरानी: एक घण्टाको बाटो पार गर्न आठ घन्टा

बिहान सात बजे धादिङबेसीबाट गाडी चढेका दिनेश सापकोटा बेलुका ५ बजे काठमाडौं भित्रिए । दिउँसै काम सकेर साँझ धादिङबेसी नै पुग्ने योजनासहित हिँडेका सापकोटा साँझ मात्रै काठमाडौं आइपुगे ।

‘९ बजेतिर धार्केबाट जाम सुरु भयो, काठमाडौं आइपुग्दा ५ बज्यो’, सापकोटाले भने, ‘अरुबेला धादिङबाट काठमाडौं बढीमा तीन घण्टमा आइन्थ्यो आज १० घन्टा लाग्यो ।’

सामान्य अवस्थामा एक घण्टामा पार गर्न सकिने नौबिसे नागढुंगा पार गर्न केही दिनदेखि आठ घण्टासम्म लाग्ने गरेको छ ।

त्रिभुवन राजपथमा पर्ने नौबिसे नागढुंगा क्षेत्रमा दैनिक सवारी जामले यात्रुलाई आजित पारेको छ ।

साँघुरा सडक, उकालो बाटो, घुमाउरो मोडमा सवारी बिग्रेर जाम हुने गरेको छ ।

अकस्मात पर्ने जामले यात्रु समस्यामा पर्ने गरेका छन् । आजको नागरिकमा खबर छ ।

धादिङबेसी-काठमाडौं सरदर तीन घण्टाको यात्रा हो । जामले गर्दा १० घण्टासम्म लाग्ने गरेको सवारी चालकहरु बताउँछन् ।

खासगरी त्रिभुवन राजपथमा पर्ने पीपलमोड, झ्याप्लेखोला, टायलघरलगायतका मोडमा बढी जाम हुने गरेको छ ।

घुम्ती र साँघुरो बाटोमा चाडपर्वको आसपासमा सवारी चाप बढी हुने भएकाले पनि जाम हुने गरेको ट्राफिक प्रहरी कार्यालय खानीखोलाका सई जयराम पुडासैनीले बताए ।

Related posts

Leave a Comment