पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुन्छः नेता पोखरेल

shankar-pokhrel-reporters-club

टिभी अन्नपूर्ण

२६ पुस, काठमाडौं ।

नेकपा (एमाले) स्थायी समिति सदस्य शङ्कर पोखरेलले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुने बताएका छन् ।

पाँच नम्बर प्रदेश विभाजनविरुद्ध संयुक्त सङ्घर्ष समितिको आयोजनामा तानसेनमा आयोजित विरोधसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव नै षड्यन्त्रपूर्वक ल्याएको उनको भनार्इ थियो ।

नेता पोखरेलले अहिलेको अवस्थामा पहाड र तराईलाई छुट्याएर अलग अलग राज्य बनाउन कुनै हालतमा पनि दिन नहुने बताए ।

Related posts

Leave a Comment