प्रहरीका वस्त्रमा बवण्डर, ५० करोडको सामान खरिद सेटिङमा भएको आरोप

प्रहरीका लागी आवस्यक सामाग्री खरिदमा व्यापक अनियमितता भएको आरोप लागेको छ ।

प्रहरी प्रधान कार्यालयले यो बर्षका लागी चाहिने लत्ताकपडा, झोला, कम्बल लगायत १३ वस्तु खरिद गर्दा झण्डै पचास करोडको अनिमितता भएको आरोप लागेको छ ।

यस्ता सामानको खरिदको ठेक्का दिदाँ आफूअनुकूलका ठेकेदारमार्फत सेटिङ मिलाएको भन्दै सामाजिक सञ्जालमा यसको चर्को आलोचना भएको छ ।

केहीदिनअघिमात्रै प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखाले यो बर्षका लागी ५० करोडको सामान खरिदको जिम्मा लगाएको थियो ।
आफैंले परिक्षण गराएको रिपोर्टसमेत फेरबदल गर्दै प्रहरी महानिर्देशक प्रकाश अर्यालको ठाडो निर्देशनमा उनी निकट व्यापारीलाई ठेक्का दिएको सरोकारवालाको आरोप छ ।

प्रहरी स्रोतका अनुसार यो ठेक्कामा महानिरिक्षिक अर्यालले आफ्नै निकटको व्यपारीलाई ठेक्का दिलाउन अन्तिम समय प्रचलित मापदण्ड समेत परिवर्तन गर्न लगाएको प्रहरीभित्रै समेत चर्चा छ ।

सोही योजनाअनुसार अन्य वस्तुको हकमा एसजीएसकै मापदण्डलाई मान्यता दिएपनि ४६ हजार ८ सय मिटर टेरिकटन पाइन्टको प्रतिवेदन फेरबदल गरिएको उनिहरुको जिकिर छ ।

प्रहरीले गत साउनमा पठाएको नमूना परिक्षणमा पोलिस्टर र भेसकस रहेको हुनुपर्ने उल्लेख थियो । ठेक्का आह्वान गर्दा भने भेसकसको स्थानमा सोही मात्रामा सुती ९कटन० माग गरिएको छ । प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखाका तत्कालीन एसएसपी ९हाल सोही स्थानमा कार्यरत डीआईजी० पवनप्रसाद खरेलका नाममा पठाएको नमुना परिक्षण प्रतिवेदनमा पोलिस्टर ६८ प्रतिशत र भेसकस ३२ प्रतिशत रहेको उल्लेख छ ।

भदौ २ गतेको उक्त प्रतिवेदनलाई बदल्दै प्रबन्ध शाखाले पोलिस्टरको मात्रा यथावत् राखे पनि भेसकसका स्थानमा कटन राख्ने बोलपत्रका लागि नमुना सार्वजनिक गरेको हो । यति ठूलो परिणाममा आवश्यक वस्तुको ठेक्का प्रक्रिया ३० दिनको अवधि तोकी दसैं बिदाका अघिल्लो दिन बोलपत्र आह्वान गरिनुले पनि प्रहरी प्रधान कार्यालयको नियत स्पष्ट हुने चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक बनेको छ ।

Related posts

Leave a Comment