प्रहरीले ठुलो परिणाममा पटका बरामद गर्यो

काठमाण्डौ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले ठुलो मात्रामा पटका बरामद गरेको छ । विक्रीवितरणका लागि गोदाम गरी राखिएको पटका सहित एक जनालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ महानगरपालिका ५, हाँडिगाउँ स्थित भारतिय नागरिक राजकिशोर यादवले सन्चालन गरेको किराना पसलको गोदाममा ६ वटा बोरा र २ वटा कार्टुनमा प्याकिङ्ग गरी राखिएको बिभिन्न प्रकारका पटकाहरु सहित यादवलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जनाएका छन् । घटना सम्वन्धमा प्रहरीले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment