प्राधिकरण कार्यालय भवन शिलान्यास

kathmandu valley development

टिभी अन्नपूर्ण

 २४ पुस ,काठमाडौँ ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले काठमाडौँ महानगरपालिका–३२ टङ्कप्रसाद घुम्तीमार्ग, अनामनगरमा निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यालय भवन शिलान्यास गरेका छन् ।

तीन रोपनी चार आना एक दाम क्षेत्रमा रु २० करोड ६३ लाखको लागतमा निर्माण गर्न लागिएको पाँचतले सो भवन भवन २०७६ साल सम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

उपत्यकालाई अझै सुधार गर्न मन्त्रालयले तयारी गरिरहेको छ भन्दै मन्त्री केसीले निर्माणाधीन प्राधिकरणको भवनलाई तदारूकताका साथ समयमै सम्पन्न गर्नसमेत निर्देशन दिए ।

सहरी विकास राज्यमन्त्री मिठू मल्लले राजधानी काठमाडौँ मात्र भन्दा पनि नेपालका अन्य सहरको सौन्दर्यलाई समेत सुधार गर्नुपर्छ उनले भने ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले भवन निर्माण कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

Related posts

Leave a Comment