प्रेमको चक्करले बढ्यो गर्भपतन, स्कुल कलेजका यूवतिकोे डरलाग्दो तथ्याङक

नेपालमा गर्भपतनको तथ्यांक डरलाग्दो तरिकाले बाहिर आएको छ । त्यसमा पनि स्वास्थ्यका दृष्टिले गम्भीर मानिएका २० वर्षभन्दा कम उमेरका किशोरीहरुले पछिल्ला तीन महिनामा गरेको गर्भपतनको तथ्याङ्कलाई हेर्दा कहाली लाग्दो छ ।

यसले समाज कता जादैंछ भन्ने प्रश्न उब्जाईदिएको छ । त्यसमा पनि प्लस टु र कलेज पढ्ने छात्राहरुको सङ्ख्याले त झन् गर्भपतनको तथ्यलाई डरलाग्दो गरी प्रस्तुत गरेको छ । हुन त नेपालमा १६ बर्ष अघि गर्भपतनले कानुनी मान्यता पाएको हो । त्यो बेलादेखि नै नेपालमा गर्भपतन गर्नेको सङ्ख्या उकालो लाग्दै गईरहेको छ ।

बढ्दै गईरहेको समाजको आधुनिकता, घरपरिवारको बेवास्ता, टिनएजमा हुने यौन उन्माद्का कारण जोशमा होस गुमाएर नचाहँदा नचाहँदै किशोरीहरुले गर्भ बोक्न पुगिरहेका हुन्छन् । यसैले गर्दा नेपालमा गर्भपतन गर्नेको सङ्ख्या उकालो चढेको हो । यसबाहेक गर्भपतनको अर्को कारण किशोरावस्थामा आफ्नै उमेरका साथीहरु रोज्ने, उनीहरुसँगै घुम्ने र रमाउने स्वभाव अधिकांशको हुन्छ ।

यस अवस्थामा यौनसम्पर्कको असर तथा गर्भवतीका सम्भावनाको ख्याल नगरी रमाइलो वा साथीहरुको करले मात्र पनि असुरक्षित यौनसम्पर्क हुन सक्छ । साथी गुम्ने वा रिसाउने डरका कारण पनि किशोरीहरु यौनसम्पर्क राख्न बाध्य भएका हुन्छन् । अहिले आमाबाबु व्यस्त हुने वा छोराछोरी अध्ययनका लागि घरबाहिर बस्ने, चलचित्रको प्रभाव, धुम्रपान तथा मद्यपानको लत, परिवार नियोजनसम्बन्धि ज्ञानको कमिका कारण किशोरीहरु गर्भवती हुने गरेको देखिन्छ ।

यसरि इच्छाबिना नै गर्भवती भइसकेपछि थप जिम्मेवारी पूरा गर्न नसक्ने, अविवाहित रहेको, रोजगारी नभएको, कमजोर आर्थिक अवस्था, पारिवारिक समस्या, शैक्षिक तथा सामाजिक कारणहरुले किशोरीहरुले गर्भपतन रोज्नुपर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

२०५८ सालसम्म नेपालमा गर्भपतनलाई अपराधका रुपमा मानिन्थ्यो । यसमा संलग्नलाई कडा कारवाही गर्ने कानुनी व्यवस्था थियो । तर बलात्कार जस्तो घटनाले समाजमा धेरै समस्या ल्याएपछि गर्भपतनलाई मान्यता दिईयो । महिला अधिकारकर्मीहरुले समेत यसलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठाए ।

काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा गर्भपतनको दर ५० प्रतिशतले बढेको देखिएको छ । त्यसो त २ बर्षअघिको महाभुकम्प भन्दा पहिलेसम्मको तथ्याङ्कलाई हेर्दा हरेक महिना काठमाण्डौमा गर्भपतनको सङख्या महिनामा १ हजार ९ थियो । तर भुकम्पपछि यो दर झनै बढेर गयोे ।

भुकम्पपछि गर्भपतनको दर बढेर जानुमा एउटै मात्र कारण छ कि भुकम्प आएको बेला गर्भवती महिलाहरुबाट जन्मिने बच्चाहरु अपांग, लुलो लठेरो हुने र स्वस्थ नहुने भन्ने जनविश्वास छ । यसले गर्दा पनि गर्भवती महिलाहरुले आफ्नो पेटमा रहेका बच्चाहरु धेरै फालेको तथ्यांक छ ।

वैध गर्भपतन गराउने महिलाहरुको संख्या प्रति महिना १ हजारबाट बढेर २३ सय सम्म पुुगेको छ । जब की अवैध गर्भपतन गराउने महिलाहरुको एकीन संख्या छैन । तथ्यांक अनुसार यसरी गर्भपतन गराउनेहरु मध्ये प्लस टु पढ्ने किशोरीको संख्या उच्च देखिएको छ । प्लस टु पढ्ने बाहेक अविवाहित र विवाहित महिलाहरुको संख्या पनि बढेको देखिन्छ ।

चिकित्सकहरुका अनुसार नेपालमा गर्भपतन गराउन औषधि खुवाएर वा अपरेशन मार्फत गर्ने गरिएको छ । जसमध्ये ९ हप्तासम्मको औषधीले काम गर्ने भएपनि त्यसपछि अपरेशनमार्फत गर्भपतन गर्नुपर्ने हुन्छ । सामान्यत सहज गर्भको बच्चा बाहिर निकालिएमा बचाउन नसकिने अवस्थामा नै गर्भको अन्त्य गर्नुलाई गर्भपतन भनिन्छ । यस हिसाबले विकसित मुलुकहरुमा २० साता र विकासोन्मुख देशहरुमा २२ सातासम्मको गर्भ अन्त्य गरिनुलाई गर्भपतन भनिन्छ ।

तर, विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले अवधिभन्दा पनि तौल पाँच सय ग्रामभन्दा कम भएको अवस्थामा गर्भ तुहाउनु वा तुहिनुलाई गर्भपतन भनेको छ । डब्लूएचओको पछिल्लो प्रतिवेदनअनुसार विकासोन्मुख देशहरुमा प्रतिएक हजार महिला (१५-४५ वर्ष) मा २९ ले गर्भपतन गर्छन् भने विकसित मुलुकमा यो संख्या २४ छ । नेपालमा यसको अवस्था धेरै फरक देखिएको छ ।

सन् २०१६ को तथ्यांकअनुसार प्रतिएक हजार महिलामा गर्भपतन गराउनेको संख्या ४२ छ र यो संख्या हरेक विकास क्षेत्रमा फरक९फरक छ । सबैभन्दा बढी मध्यमाञ्चलमा ५९, पूर्वाञ्चलमा ३९, पश्चिमाञ्चलमा ३२, मध्यपश्चिममा २७ र सुदूरपश्चिममा सबैभन्दा कम २१ रहेको तथ्यांकले देखाउँछ ।

नेपालको कानुनले अहिले १२ हप्तासम्मको गर्भपतन गराउन छुट दिएको छ । यदि कुनै कारण भए चिकित्सकको सल्लाह अनुसार १८ हप्तासम्मको गर्भलाई पनि पतन गराउन पाइने कानुनी मान्यता छ । हाडनाता करणी तथा आमाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएमा अन्य जुनसुकै अवस्थामा पनि गर्भपतन गराउन सकिने कानुन छ ।

यसबाहेक जोखिमपूर्ण अवस्थामा ९ हप्तासम्म पनि गर्भ रहेको थाहा नभएमा वा कुनै कारणवश ९ हप्तापछि पनि बच्चा जन्माउन नचाहेमा अपरेसन गरेर गर्भपतन गराउन सकिन्छ । तर तथ्याङ्लाई हेर्ने हो भने ९ महिनापछि गर्भपतनका घटना तुलनात्मक रुपमा बढी छन् । जुन तथ्याङ्क कानुनी मान्यता प्राप्त सरकारी स्वास्थ्य संस्थाको हो ।

त्यो बाहेक अहिले पनि अनुमति नै नपाएका आधाभन्दा बढी संस्थामा गर्भपतन गराउनेको सङ्ख्या समेत बढ्दै गएको प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा। सुर्वण श्रेष्ठ बताउनुहुन्छ । अनिच्छामा रहेको गर्भपतन गराउनु नराम्रो होईन तर पछिल्ला दिन अविवाहित, विवाहित र अझै प्लस टु लेभलका पढ्दै गरेका किशोरीको सङख्या अस्वाभाविक बढ्नु राम्रोे नभएको श्रेष्ठको भनाई छ ।

बाध्यात्मक अवस्थामा गर्नै पर्ने भएपनि महिला स्वास्थ्यका दृष्टिकोणले गर्भपतन राम्रो होईन जसले महिला स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यति हुँदाहँुदै पनि विवाहितले भन्दा अविवाहितले बढी गर्भपतन गराइरहेको देखिएको छ । महिला पुरुष तथा किशोर किशोरीहरुले यौन सम्पर्कका बेला अस्थायी साधन प्रयोग गर्ने बारेमा त्यति ध्यान नदिएका कारण पनि गर्भपतनको संख्या बढिरहेको चिकित्सकहरुको भनाई छ ।

महिलाले पटक–पटक गर्भपतन गराउँदा महिलाहरुमा गम्भीर असर पर्ने बताउनुहुन्छ ओम अस्पतालका निर्देशक डा। भोला रिजाल । गर्भ बसेको थाहा भए लगत्तै एक÷दुई महिनामै गर्भ पतन गराएमा कम जोखिम भए पनि आठ हप्तापछि गरिने गर्भपतनले महिलालाई गम्भीर असर गर्ने रिजालको भनाई छ ।

नौ हप्तापछि औजार प्रयोग गरेर गर्भपतन गराउनुपर्ने भएकाले महिलाको पाठेघरमा घाउ हुने, भ्रुणका टुक्रा बाँकी बसे त्यसले इन्फेक्सन निम्त्याउने आदि समस्या हुन सक्छन् । गर्भपतनपछि नियमित रजस्वाला नहुने र गर्भपतन लगत्तै तीनमहिने सुई लगाउने वा अन्य औषधि खानुपर्ने हुन्छ । जब कि पहिलो सन्तान अगावै संगिनी सुई लगाउनाले महिलाको डिम्ब निष्कासनलाई पूर्णत रोकिदिन सक्छ, जसकारण भविष्यमा गर्भ नै नरहन पनि सक्छ ।

गर्भपतनपछि प्रयोग गर्ने औषधि र शारीरिक अवस्थाका कारण महिलाको तौल बढ्न सक्ने रिजालले बताउनुभयो । यसरी महिला स्वास्थ्यको दृष्टिकोणले गर्भपतन राम्रो हुँदै होइन । यद्यपि सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारणबाट यो खराब नै छ भन्नेचाहिँ होइन । तर, जुन रूपमा जसरी काठमाडौँमा गर्भपतनको संख्या बढिरहेको छ, त्यसले महिला स्वास्थ्यका बारेमा सोच्नैपर्ने बनाएको छ । अझ २० वर्ष मुनिका किशोरी, अविवाहित महिलाले बढी गर्भपतन गराउनुले अस्थायी साधन प्रयोगमा त्यति ध्यान नदिएको हो कि भन्ने देखाउँछ ।
यस्तो अवस्थामा गर्भपतन गर्नुभन्दा पनि परिवार नियोजनका साधन अपनाउनु र अनिच्छित गर्भ रहन नदिनु राम्रो हो । साथमा, सुरक्षित गर्भपतनको सेवा विस्तार र यससम्बन्धि जनचेतना अभिवृद्धि गर्न आवश्यक छ । किशोरावस्थामा हुने चरम यौन चाहना तथा गर्भ रोक्ने उपायबारे किशोर९किशोरीहरुलाई पर्याप्त जानकारी दिनुपर्ने देखिन्छ ।

अशिक्षित, निमुखा किशोर/किशोरीदेखि लिएर स्कुल, कलेजका किशोर/किशोरीहरु, अभिभावक, शिक्षक अनि समाजका सबै वर्ग र समुदायलाई २० वर्ष पार नगरी गर्भवती हुन नदिन प्रेरित गर्नुपर्ने देखिन्छ । संयमित यौन व्यवहार, परिवार नियोजनका साधनहरु र आकस्मिक गर्भ्निरोधक साधनका बारेमा पूर्ण जानकारी, सुरक्षित यौनसम्पर्क आदि गर्भ रोक्ने उपाय हुन सक्छन् ।

Related posts

Leave a Comment