‘प्रेमगीत २’ को ट्रेलरले यूट्युवमा २४ घन्टामै तीनलाख भ्यूअर्स

टिभी अन्नपूर्ण, काठमाडौं ।

सोमबार सार्वजनिक गरिएको चलचित्र ‘प्रेमगीत २’ को ट्रेलरले २४ घन्टामै तीन ला भ्यूअर्स पाएको छ ।

ट्रेलर यूट्युवमा सार्वजनिक भएको २४ घन्टामै तीनलाख बढी भ्यूअर्स पाएको हो । सन्तोष सेनको लगानीमा रामशरण पाठक निर्देशित यो चलचित्र साउन १३ गते रिलिज हुँदैछ । चलचित्रमा निर्माता सेनका साथै प्रदीप खड्का, अश्लेषा ठकुरी मुख्य भूमिकामा छन् ।

प्रेम र यात्राका विभिन्न आरोह र अवरोहलाई समेट्दै युवायुवतीलाई केन्द्रमा राखेर बनाइएको चलचित्रमा रोमान्चक दृश्य देख्न सकिन्छ ।ट्रेलरमा नेपालका मात्र नभएर थाइल्याण्डसम्मका दृश्यलाई समेटिएको छ ।

टिजरमा नायक प्रदिप खड्का र निर्माता सेनको द्वन्द्वले धेरैलाई चलचित्र हलमा पुर्याउने अनुमान गर्न सकिन्छ । ट्रेलरमा नायक खड्काको मिहिनेत र पुरुषोत्तम प्रधानको सिनेमेटोग्राफीका सुन्दर पक्षलाई नजिकबाट नियाल्न सकिन्छ ।

Related posts

Leave a Comment