बागलुङबाट पोखराका लागी छुटेको बस दुर्घटना, ६ जना घाईते

बागलुुङ ।

बस अन्नपूर्ण गाउपालिका- २ को पाउव्दारमा दुर्घटना भएको हो । सडकबाट खसेको सो बस करीब १० मिटर तल रुखमा अड्किएपछी ठुलो मानवीय क्षती हुन नपाएको यात्रुहरुले बताएका छन् । दुर्घटनामा ६ यात्रु घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना बेला बसमा २३ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते हुनेहरुमा पर्वत कुस्मा नगरपालका ४ की २६ वर्षीया सोनी गुरुङ, ऐ बस्ने ३२ वर्षीय विक्रम गुरुङ, सोही नगरपालिका– ५ का २८ वर्षीय रामु परियार, पर्सा जिल्ला रानिघाटका ४१ वर्षीय बट्टु साह, अन्नपूर्ण गाउँपालिका–६ का २८ वर्षीया सम्झना विक र रौतहट भवानीपुर–९ का ५० वर्षीय विन्देश्वर साह रौनियार रहेको प्रहरीले जनाएको छ । घाईतहरुको पोखरामा उपचार भैरहेको छ ।

फाईल तस्बिर

Related posts

Leave a Comment