बाढीले गोदावरी पुल भासियो, सवारी बन्द

भक्तपुर । भीषण वर्षाका कारण भक्तपुर र ललितपुरको सीमाना भएर बग्ने गोदावरी खोलामा आएको बाढीले यहाँको बस्ती डुबानमा परेको छ ।

लुभु, लामाटार, सिस्नेरी, गोदावरी लगायतका ठाउँमा शनिबार एकाविहानैदेखि परेको भीषण वर्षाका कारण महालक्ष्मी नगरपालिकाको वडा नं ५ र ७ मा पर्ने टिकाथली र चाँगाथली जोड्ने गोदावरी खोलाको सवारी चल्ने फलामे पुल भासिएको हाे । गोदावरी खोलामा श्रींगेरी खोलाको पानी पनि मिसिएपछि टिकाथलीसम्म आईपुग्दा यसले उग्ररुप लिएको हो ।
उत्तर हुँदै वगेर हनुमन्ते खोलामा मिसिनु १ किलोमिटर अगाडिको सो फलामे पुल भासिएपछि पुलबाट चारपांग्रे सवारी साधनलाई आवत जावत गर्न रोक लगाइएको छ भने सर्वसाधारणको आवतजावत र दुईपांग्रे सवारीमा भने रोक लगाइएको छैन । बाढीका कारण पुलको दुईवटा पक्की पिलर मध्ये एउटा पिलरको जग भासिएपछि पुलको पश्चिमतर्फको केही भासिएको थियो । रासस

Related posts

Leave a Comment