बृहत् प्रजातान्त्रिक एकता निर्माण गरेर अगाडि बढ्ने

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पार्टी बृहत् प्रजातान्त्रिक एकता निर्माण गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले बृहत् प्रजातान्त्रिक एकताको शुरुआतका रुपमा आफ्नो पार्टी वर्तमान सरकारमा गएको हो भन्नुभयो । “बृहत् राष्ट्रिय एकता निर्माण गर्न नसक्दा पार्टी स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुप¥यो”, राणाले भन्नुभयो ।

उहाँले राप्रपाले तराई मधेशमा देखिएका समस्या समाधान गर्न नसकेको तथा स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको कारण उक्त पार्टीबाट आफूहरु अलग भएको स्पष्ट गर्नुुभयो ।

Related posts

Leave a Comment