भारतबाट विद्युत ल्याएर लोडसेडिङ हटाईएको होः काफ्ले (भिडियो सहित)

काठमाडौँ । नेपाल बिद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेशराज काफ्लले नेपालमा भारतबाट बिजुली किनेर लोडसेडिङको अन्त्य भएको बताउनुभएको छ ।

टिभी अन्नपूर्णको कार्यक्रम अनलाईन टकमा निर्वतमान कार्यकारी निर्देशक काफ्लेले भारतको बिद्युतले नेपालमा लोडसेडिङ हटेको बताउनुभएको हो । आफ्नो कार्यकालमै यो सम्भवानको प्रस्ताव पेश भएपनि सरकारले असहयोग गरेको काफ्लेको गुनासो छ ।

तत्कालिन प्रधानमन्त्री स्व. शुसिल कोईरालाको कार्यकालमा आफुले नेपालमा लोडसेडिङ अन्त्यको सम्भावाना सहितको प्रस्ताव सरकारलाई बुझाईसकेको उहाँको दाबी छ । आफुले खनिदिएको बाटोमा कुलमानको आरोहणलाई देवत्वकरण गरिएको काफ्लेको तर्क छ ।

नेपालमा ५ बर्षअघिदेखी लोडसेडिङ अन्त्यको सम्भावना थियो यसका पूर्वाधार आवस्यक थियो जुन मेरै कार्यकालमा पुरा भए तर दुर्भाग्य जस कुलमानलाई गयो काफ्लेको भनाई छ ।

भिडियो हेर्नुहोस्

Related posts

Leave a Comment