भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा विदेशीहरु यस्तो भन्छन्

टिभी अन्नपूर्ण, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिवेला विश्वकै शक्तिशाली व्यक्तिका रुपमा परिचित छन् ।

३ वर्ष पहिले भारतको प्रधानमन्त्रीमा चुनिएर विश्वकै शक्तिशाली नेताहरुमा टपटेनभित्र पर्न सफल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म ५७ वटा देशको भ्रमण गरिसकेका छन् । भारतका कुनाकुनासम्म, उसका छिमेकीहरु तथा विश्वका शक्ति राष्ट्रहरुको राजनीतिक वृत्तमा समेत मोदीको नाम नसुन्ने सायदै होलान् ।

तर ती मोदीलाई सबैले चिन्नुपर्छ भन्ने कहाँ छ र ? यो दुनियामा यस्ता धेरै मानिसहरु पनि होलान् जसले मोदीको नामै नसुनेका होउन् । तर अचम्म !रिक्सावाली नामक एक युट्युब प्रयोगकर्ताले हालै यस विषयमा एक रोचक भिडियो पोष्ट गरेकी छन् आफ्नो युट्युब च्यानलमा ।

स्पेनको एक टापुमा उनले त्यहाँ पुगेका विभिन्न देशका युवायुवतीहरुसँग नरेन्द्र मोदीको बारेमा सोधिन् । रिक्सावालीले नरेन्द्र मोदीको बारेमा मौखिम रुपमा सोध्नेमात्र होइन, मोदीको फोटो नै देखाएर पनि सोधिन् ।

त्यसक्रममा धेरैले मोदीलाई चिन्ने मात्र होइन, झण्डै तिनपुस्ते नै उतार्न खोजे । कतिपय त योगाका विषयमा समेत विद्वान निस्किए अनि तिथिमिति समेत कण्ठ पारेको देखियो । रिक्सावालीले यु ट्युबमा राखेको भिडियो तिन दिनमै झण्डै ४ लाखले हेरिसकेका छन् ।

Related posts

Leave a Comment