मुलुक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको : राज्यमन्त्री गच्छदार

टिभी अन्नपूर्ण

२६ पुस, काठमाडौं।

श्रम राज्यमन्त्री दिलीपकुमार गच्छदारले मुलुक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका  छन ।

 कञ्चनपुरको भीमदत्तनगरमा नेपाल नाई सङ्घको प्रथम सुदूरपश्चिमस्तरीय क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै राज्यमन्त्री गच्छदारले मुलुकमा सङ्क्रमणकालीन अवस्था लम्ँिबदा जनचाहनाअनुसार विकास निर्माण अघि बढ्न नसकेको बताए ।

संविधान जारी भए पनि कार्यान्वयन हुन नसेकाप्रति चिन्ता व्यक्त गर्र्दै नेपाली काँग्रेसका नेतासमेत रहरेका राज्यमन्त्री गच्छदारले अस्थिरता हटाउन काँग्रेसले मात्रै सक्ने धारणा राखे । “देशका सबै खालका ऐतिहासिक परिर्वतन काँग्रेसकै नेतृत्वमा भएका छन्” उनले भने ।

नाई लगायतका मजदुरलाई आफ्नो हक, हित र अधिकारका लागि एकताबद्ध भएर अगाडि बढ्न आग्रहसमेत गर्दै उनले भने–“श्रम मन्त्रालय मजदुरका माग सम्बोधन गर्न तयार छ ।”

सम्मेलनमा काँग्रेस टे«ड युनियनका केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, नेपाल नाई सङ्घका केन्द्रीय अध्यक्ष राजाराम ठाकुर, काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरालगायतले मन्तव्य राखेका थियो ।

Related posts

Leave a Comment