लालटिनको उज्यालोमा ‘ह्विस्की’ सार्वजनिक (भिडियोसहित)

टिभी अन्नपूर्ण, काठमाडौं ।

दयाहाङ राई, केकी अधिकारी, प्रियंका कार्की अभिनित सिनेमा ‘लालटिन’को दोस्रो गीत सार्वजनिक भएको छ ।

सिनेमामा समावेश ह्विस्की बोलको गीत यु ट्युबमा सार्वजनिक भएको हो । बिनोद ढकाल, सोमिया बराईली र किरन मिचेलको आवाज रहेको यस गीतमा प्रियंका कार्की, निराजन थापा लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

यहि सिनेमाबाट ‘म्यान हन्ट नेपाल २०११’ का विजेता निराजन थापाले डेब्यु गर्दैछन् । देव कुमार श्रेष्ठको निर्देशनमा बनेको यस सिनेमामा शिशिर भण्डारी, मेलिना मानन्धर, रीया श्रेष्ठ, अर्जुन जंग शाही लगायतका कलाकारहरु पनि मुख्य भूमिकामा देखिने छन् । यस अघि सिनेमामा समावेश चमेली बोलको गीतलाई अडियन्सले रुचाएका थिए ।

Related posts

Leave a Comment