विदेश जान छाडेर अलैचीका बिरुवा बेच्दा एक बर्षमा २ करोड आम्दानी

 

रोजगारीका लागी कृषि मजदुरकै रुपमा दैनिक दर्जनौ युवाहरु विदेश जान लर्को लाग्दा लमजुङका किसानले भने अलैचीका बिरुवा बेचेर नै मनग्ये आम्दानी गरेका छन ।
लमजुङमा उत्पादित अलैचीका बिरुवा बाग्लुङ पर्वत म्याग्दी लगायतका जिल्लामा पठाएर यो बर्षमात्रै २ करोड बढि आम्दानी भएको छ ।
अलैची व्यवसायी संघ लमजुङका अनुसार यो बर्ष २५ लाख भन्दा बढी अलैँचीको बिरुवा बिक्री भएको छ ।
जिल्लाका विभिन्न ठाउँमा भएका नर्सरीबाट यत्रो सङख्यामा अलैँचीका बिरुवा बिक्री भएको हो अलैँची व्यवसायी महासंघ लमजुङ अनुसार, अलैँचीको एउटा बिरुवा ९ रुपैयाँका दरले बिक्री गरिएको थियो ।
बिरुवा बिक्री वितरणका लागि जिल्ला कृषि विकास कार्यालयलगायत संघसंस्थाले समन्वय गर्दै आएका छन् ।

 

Related posts

Leave a Comment