संविधान कार्यान्वयन गर्न काँग्रेसको बहुमत आवश्यक: अर्थमन्त्री कार्की

इनरुवा ।  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधान कार्यान्वयन गर्न नेपाली काँग्रेसको बहुमत आवश्यक रहेको बताउनुभएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री कार्कीले प्रदेश र संघको निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने र संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री कार्कीले संविधान संशोधन गर्न, विकास निर्माणलाई अगाडि बढाउन र समृद्ध नेपाल निर्माण गर्न नेपाली काँग्रेसको बहुमत आवश्यक रहेकाले अबको संघ र प्रदेशको निर्वाचनमा काँग्रेसलाई बहुमत दिएर पठाउन आग्रह पनि गर्नुभयो ।

नेकपा (एमाले)ले नेकपा माओवादी केन्द्रसँग एकता गरेर मुलुकलाई कमजोर गर्न खोजेको आरोप उहाँले लगाउनुभयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरिआएका थुप्रै नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य बालिम चौधरी, एमालेका सन्तोष भगतलगायतका नेता काँग्रेसमा प्रवेश गरेको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिनुभयो ।

Related posts

Leave a Comment