सप्तरीमा काँग्रेस उम्मेदवार सिफारिस (नामावलीसहित)

राजविराज | आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस सप्तरीले उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट हरेराम चौधरी, रामदेव साह, महेन्द्रप्रसाद यादव, २ बाट डा अनिल झा, सकलदेव सुतिहार, रञ्जित कर्ण, रामकुमार यादव र नीलम कर्ण, क्षेत्र नं ३ बाट जिल्ला सभापति दिनेशकुमार यादव, ४ बाट तेजुलाल चौधरी, फतेमोहम्मद र सुरेन्द्रप्रसाद यादवको नाम सिफारिस भएको पार्टीका जिल्ला सभापति दिनेशकुमारले बताउनुभयो ।

यस्तै प्रदेशसभा क्षेत्र नं १ को (क) बाट रघुकुमार सिंह थारु, चन्देश्वर चौधरी, युगेश्वरप्रसाद यादव, उमेशकुमार बस्नेत र शैजनारायण श्रेष्ठ र (ख) बाट बद्रीनारायण महत्मान यादव, उमेशकुमार मिश्र र हेमन्त जैन तथा २ को (क) बाट महानन्द यादव, कृष्णदेव दास, महेन्द्र यादव, तारा मिश्र, श्याम खड्गी र मोहम्मद इशाद र २ को (ख)बाट सनत मण्डल, राधेश्याम यादव, अरुणकुमार मण्डल र मालती देवीको नाम सिफारिस भएको काँग्रेसले जनाएको छ ।

त्यस्तै प्रदेशसभा क्षेत्र नं ३ को (क) बाट भगवतीप्रसाद यादव, गीताकुमारी यादव र सुरेन्द्रप्रसाद यादव, ३ को (ख)बाट रामप्रसाद मण्डल, मोहम्मद समित र सबुरलाल साह, ४ को (क) बाट मोहम्मद उलफत, सीताराम साह, सुजन चौधरी, गीता चौधरी, रामकुमार न्यौपाने, दयानारायण चौधरी र जयनारायण चौधरी तथा ४ को (ख)बाट रामुप्रसाद यादव, रामबल्लभ साह, राजाराम झा र शान्तिकुमारी साहको नाम सिफारिस भएको छ ।

नगरकार्यपालिकामा राजपा र फोरम

राजविराज नगरकार्यपालिका सदस्यका लागि भएको मतदानमा राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको समूह विजयी भएको छ ।

दलित तथा अल्पसंख्यकतर्फ तीन जनाका लागि भएको चुनावमा राजपाका प्रमोदकुमार कावरा ७० मत, राजपाका विपीन कर्ण ५८ र फोरम नेपालका शिवनारायण साफी ५३ मत ल्याएर विजयी हुनुभएको छ ।

पाँच महिला सदस्यमा राजपाका रूक्सना खातुन ६७, सीतादेवी मण्डल ६५ र फोरम नेपालकी शुभकला रजक ६० तथा फोरमका अनितादेवी चौधरी ६१ र फुदनीदेवी राम ५८ मत ल्याई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

Related posts

Leave a Comment