सेवाग्राहीको काममा ढिलाइ नगर्न प्रधानन्यायाधीशको निर्देशन

tv annapurna
टिभी अन्नपूर्ण

२७ पुस,काठमाडौँ।

प्रधानन्यायाधीश सुशीला कार्कीले कानुनी उपचारका लागि अदालत आउने सेवाग्राहीको काममा ढिलाइ नगर्न न्यायाधीशहरुलाई निर्देशन दिएकी छन् ।

खोटाङ जिल्ला अदालतको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले अदालतबाट न्याय पाउन लामो समयसम्म पर्खनुपर्दा जनतामा वितृष्णा सिर्जना हुने भएकाले न्याय सम्पादनमा तदारुकता देखाउन मातहतका न्यायाधीशलाई निर्देशन दिएकी हुन्  ।

“अदालतको फैसला लामो समयसम्म पर्खनुपर्दा खर्च समेत बढी हुन्छ” प्रधानन्यायाधीश कार्कीले भनिन  – “निमुखा, गरिब र पिछडिएका व्यक्तिले केही जाने सुनेका हुँदैनन्, त्यसैले उनीहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेर चित्तबुझ्दो काम गरिदिनुहोस् ।”

प्रधानन्यायाधीश कार्कीले न्यायपालिका भनेको सबैको आस्था र धरोहरको केन्द्र भएको उल्लेख गर्दै “न्यायपालिकामा पक्षपात हुनु हुँदैन, समयमा फैसला कार्यान्वयन हुन्छ, त्यो नै उच्च इन्साफ हुने बतार्इन् ।

Related posts

Leave a Comment