हवाई आक्रमणमा बाइस आइएस लडाकूको मृत्यु

plane attack

टिभी अन्नपूर्ण

२८ पुस, सिरिया।

सिरियाको उत्तरी क्षेत्र अलवाबमा इश्लामिक स्टेट (आइइस) समूहलाई लक्षित गरी भएको हवाई आक्रमणमा बिहीबार कम्तिमा २२ जना आइएस लडाकूको मृत्यु भएको टर्कीको सेनाले जनाएको छ । हवाई आक्रमण १६० आइएस लडाकूले आश्रयस्थल बनाएर बसेको अलवाव क्षेत्रमा भएको थियो ।

यसैगरी आइएस विरुद्धको आक्रमणमा टर्कीले आतङ्ककारीद्वारा प्रयोग गर्न तयार पारी राखेको गत वर्षको अगष्टदेखि नियन्त्रणमा लिइएका दुई हजार ८४५ थान विस्फोटक पदार्थ नष्ट गरिएको सेनाले जनाएको छ ।

टर्कीको सिरियाली कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट (वाईपिजी) र सिरियाली कुर्दिस डेमोक्रेटिक पार्टी (पिवाईडी)लाई आतङ्कवादी समूहको रुपमा हेर्दै आएको र उनीहरु विरुद्ध ‘युफ्रट्स शिल्ड अपरेशन’ नामक सुरक्षा अभियान चलाउँदै आएको थियो ।

Related posts

Leave a Comment