राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोटमा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सरकरा निमार्णको विषयमा छलफल गर्न लिङ्देन बालकोट पुगेका हुन् ।प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।

माओवादी केन्द्र महासचिव देव गुरूङ पनि बालकोट पुगीसकेका छन् । भने अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बालकोट जाँदैछ । सत्ता गठबन्धनमा सरकार निमार्णको विषयमा कुरा नमिलेपछि माओवादी नेताहरु बालकोटपुगेका हुन्

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ। त्यसअघि नै छलफल गरी नयाँ सरकार गठन गर्ने विषयमा दलहरूले छलफल गरिरहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार