लुट धन्दामा विकसित नीजि विद्यालयः मेरो ८ बर्षको अनुभव

टिभी अन्नपूर्ण, काठमाडौं ।

लुट पधेरे साइलो लुट
अभिभावक सोझा छन
पचोस् या नपचोस् चिन्ता नगर
छेर्ने गरेर नै लुट !

यो कविताबाट नै मेरो लेख सुरु गर्दैछु । मैले ८ बर्ष काठमाडौंका नीजि विद्यालयमा पढाए । रहरले पढाएको चाहि होइन मेरा पनि बाध्यताहरु थिए । यो देशमा झाङ्गिएको बेरोजगारीको सिकार म पनि भए । कहाँ जाउ, के गरौ ? मसँग बलिया सर्टिफिकेटका पानाहरु थिए जसका कारण, यी महंगा ठग धन्दामा मेरो इन्ट्री भो । एउटा शिक्षकको हिसाबमा । नीजि विद्यालयका यी लुटेराहरुसँग मेरो सुरुमा नै द्वन्द्व सुरु हुन्थ्यो, ‘जागिर खान गएको छ, तपाईं सर्टिफिकेट धरौटी राख्नुस् रे ?’

म ऋण लिन गएको त होइन्, बौद्धिक कामका लागि गएको हो । मैले मेरा सर्टिफिकेट धरौटी राख्दिन भनेर धेरै चोटी यी लुटेराका कार्यालयबाट फर्केको छु । दुःख त त्यती बेला लाग्दो रहेछ जतिबेला ति अन्डर एस.एल.सीहरुले हाम्रो सर्टिफिकेट हेरेर, मुख फाल्दै केटिले गरिखान्छे रे ? सोझा अभिभाबक र विद्यार्थीलाई मेरो आफ्नै आँखा अगाडी लुटेको देख्दा नीजि बिद्यालयबाट सदाका लागि बिदा लिए ।

महिना भरी दुःखको पैसाले गरीब बालबालिका प्रति आफुले सकेको सहयोग गरेको छु । गरिबले पनि गुणस्तरिय शिक्षा पाउनुपर्छ भन्ने मेरो मान्यता हो । जो सँग पैसा छ त्यसले मात्रा इन्ट्री पाउने ति महंगा स्कुलको गुणस्तरको हात मैले मजाले छामेको छु । यतिसम्म लुटिन्छ कि मलाई अब लेख्नै पर्ने बनायो । लुटविरुद्ध लेख्यो भनेर माफियाको निद पनि हराम हुनेछ तर म कुनै एउटा विरुद्ध लड्दै छैन्, म यहाँको विधि र प्रकृया माथि बोल्ने छु ।

काठमाडौंका नीजि बिद्यालयको अनुगमन गर्ने हो भने ४५ प्रतिशत नीजि बिद्यालयका संचालकको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली छन्, अनी यिनैले हामीलाई गुणस्तरको व्याख्या गर्छन ।

कसरी ठगिन्छन्, अभिभाबक ? मेरो भोगाइ ।

विद्यार्थीले प्रथम त्रैमाशिक परीक्षा दिईसकेपछि रिजल्ट घोषणा गर्ने दिन भन्दा १ हप्ता अगाडि प्रिन्सिपलले शिक्षकको बैठकमा यो पहिलो परीक्षा हो अहिले ७५ प्रतिशत विद्यार्थी पास गराउनुस् भन्ने आदेश दिन्छन । अहिले अभिभाबकलाई खुशी बनाउनु छ ठ्याक्कै यसै भन्छन । मैले सोचे त्यति बेला लुट्न पनि दिमाग चहिदो रहेछ ।

दोश्रो त्रैमाशिक परीक्षा हुनु भन्दा अगाडिको मिटिङमा प्रिन्सिपल भन्छन्, ‘अहिले ६० प्रतिशत बिध्यार्थी फेल गराउनुस्, ट्युसन कोचिङ चलाऊनु परेन ।’ हामी त कामदार जसो भन्छन प्रिन्सिपल त्यस्तै गर्नै पर्यो । मैले यी दलालहरुकोमा बाध्यता पूर्ण ढंगबाट जागिर खाएको हुँदा धेरै चोटि मन अमिलो भएको छ ।

मलाई एक दिन धेरै लाज लाग्यो र रिस पनि उठ्यो । प्रिन्सिपलले गृहकार्य धेरै दिनुस्, हाम्रो कापी धेरै विकेन भनेर हप्कायो । हुन त लुटधन्दा नै हो, मैले केही भनिन ।विद्यार्थीलाई शैक्षिक भ्रमणको कुरा गर्नुस्, प्रत्येकलाई १० हजार ल्याउन भन्नु भन्यो, म कामदार भएको हुँदा मान्नै पर्यो । दुई हजारमा त्यो भ्रमण पुरा हुन्थ्यो । ८ हजार त त्यही कमिशन । बिचरा अभिभावक लुटिदा पनि हेर्ने भन्दा अर्को कारबाही गर्न सकिएन् ।

विद्यार्थीलाई फुटसल लानु पर्यो १ हजारको दरले उठाउनुस्,
विद्यार्थीलाई पौडी खेल्न लाने हो, ५०० को दरले उठाउनु होस्,

मलाई पढाउन गएको भन्दा नीजि गाडीमा कन्डक्टर भएको जस्तो अनुभव हुन्थ्यो । पैसा उठाउने भन्दा अर्को काम नै कम हुने । एक दिन मिटिङमा प्रिन्सिपलले ‘हामी रचनात्मक छौ’ भने । मलाई भित्र मन देखी नै जवाफ फर्काउन मन थियो तर मन मनै सोचे शैक्षिक माफिया लुट्न त एकदम रचनात्मक नै छन् । लुट्ने कला सिक्नु पर्यो भने एक बर्ष निजी बिद्यालयको जागिर गर्नुस् । व्यापारको कला अन्त होइन त्यहा सिकिन्छ ।

‘माखाको बोशो’ निकालेर धार्ने पुराउने कला चाँही नीजि बिद्यालयका संचालकसँग छ । सचेत अभिभाबकलाई एउटा अनुरोध गर्छु, परीक्षा अगावै त्यही प्रश्न पत्रमा तपाईंका छोरा छोरीले कोशिस गरेका हुन्छन । हामी शिक्षकलाई ७५ प्रतिशत त्यही प्रश्न कोचिङमा घोटाउनु है भन्छन । छोरोले डिस्टिन्सन ल्याउछ अनी अभिभाबक नि खुस अनी सन्चालक पनि तर रहस्य त फरक छ । मैले ८ बर्ष यो निजी बिद्यालयको क्षेत्रमा नै बिताए, यी पधेरे शाइलाहरु लुटले आजित बनेर अन्तत शिक्षण पेसाबाट अलग भए । अभिभाबकलाई सचेत गराउन आज यो लेख्नै पर्ने अवस्थामा पुगे ।

लेखकः सावित्री सुवेदी (सगरमाथाकी छोरी)

 

Related posts

Leave a Comment