काठमाडौंका मेयर शाक्यलाई चढ्न ल्याईयो १ करोड २० लाखको बिलासी गाडी

टिभी अन्नपूर्ण, काठमाडौं ।

काठमाडौं महानगरका मेयर विद्यासुन्द शाक्यको एक सय दिनमा १ सय वटा नयाँ नयाँ काम गर्ने ईच्छा ।

उनले मेयरमा निर्वाचित भएलगत्तै भनेका थिए, ‘विहानको घाम झुलिक्नुभन्दा पहिले काठमाडौंको फोहोर सफा भईसक्छ ।’ तर अहिले हेर्दा कहिले काहि विहानको ८ बजिसक्दा पनि फोहोर उठ्नु त कता हो, झन झन थुपारिदैं जान्छ । यो उनको प्रतिबद्धता विपरितको कार्य हो । मेयर शाक्यको आलोचना यहिबाट सुरु भयो ।  काठमाडौं महानगरको पहिलो वैठकले मेयर उपमेयरसहित जननिर्वाचित पदाधिकारीको लागि भनेर मोबाईल किन्ने निर्णय गरे ।

जसले गर्दा उनको निकै आलोचना भयो । र पछिल्लो समयसम्म पनि जारी छ । विभिन्न आलोचना खेपिरहेका काठमाडौं महानगर र महानगरले पाएका मेयर शाक्य त्यसलाई निरन्तरता दिईरहेका छन् । पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा तानिएका मेयर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् ।

काठमाडौं महानगरले मेयर शाक्यका लागि भन्दै झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्यूनर’ गाडी किनेको छ । जुन गाडी अहिले शो गरिएको छैन् । भन्सार छुटाएर ल्याइएको गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्रिपालले ढाकेर राखिएको गाडीको नम्बर प्लेट लिइएको छैन ।

नयाँ गाडी केही दिनमै मेयर शाक्यले १ करोड २० लाखको गाडी प्रयोग गर्ने महानगर स्रोतले बताएको छ । मेयर शाक्यले अहिले पनि झण्डै १ करोड बराबरकै गाडी प्रयोग गरिरहेका छन् । झण्डै ४ वर्ष अघि किनिएको गाडी जनप्रतिनिधि आउनु अघि कार्यकारी अधिकृतले चढ्दै आएका थिए ।

उपमेयर हरिप्रभालाई पनि ८० लाखको गाडीः

मेयरलाई मात्र होइन, उपमेयर हरिप्रभा खड्गीलाई पनि ८० लाखको नयाँ गाडी किनिएको छ । यो गाडी काठमाडौं नभई वीरगञ्ज भन्सारमा आइपुगेको छ । यो वर्ष महानगरले जनप्रतिनिधिका लागि गाडी किन्न मात्रै ७ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमध्ये २ करोड मेयर र उपमेयरकै गाडीका लागि खर्च हुनेछ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले गाडी किनिएको स्विकार गर्छन् । उनी भन्छन्, ‘महानगरको मेयर उपमेयर जस्ता वरिष्ठलाई अलि सुहाउँदो गाडी त चाहियो, के उनीहरुले सामान्य गाडीमा चढ्नपर्ने ?’ उल्टै उनले प्रतिप्रश्न गरे । मेयर र उपमेयरको बरिष्ठता र मर्यादाअनुसार सुहाउँदो गाडी किनिएको उनको तर्क छ । ‘मेयरसाहाब चढ्ने गाडी उहाँको मर्यादाअनुसारकै हुनुपर्छ भनेर नयाँ किन्ने निर्णय भएको हो । यसलाई आलोचनात्मक ढंगले हेर्नुहुन्न’ कार्कीले भने ।

Related posts

Leave a Comment