किन फुट्यो राप्रपा ?

राजनीति निष्ठाको नभई राजनितिलाई कमाऊधन्दाको रुपमा लिएर अंघाढी बढेका नेपालका अधिकांश राजनैतिक पात्रहरु खराव पात्र हुन। त्यस्ता पात्रलाई अलिक नमिठो शव्दमा ‘खलपात्र’ पनि भन्ने गरिन्छ। नेपाली राजनितिमा खलपात्रहरुको कुनै कमी छैन। कुनै न कुनै दलमा बिभिन्न छद्धभेषको रुपमा यस्ता खलपात्रहरु चारैतर्फवाट हावी छन, जसवाट देश र जनतालाई निरन्तर नोक्सानी पुगिरहेको छ। देश विकाश नहुनु, राजनैतिक स्थायित्व नहुनु, भ्रष्टाचार, अपराध तथा अराजकतालाई नियन्त्रण गर्न नसकिनुमा पनि यिनै खलपात्रहरुको दोहोरो खेलकै कारण हो। नेपालका उच्च प्रतिष्ठित राजनैतिक देखी लिएर तल्लो स्तरको कार्यकर्तासम्म या त त्यस्ता खलपात्रहरुलाई संरक्षण गरिरहेको छ, या त त्यस्ता खलपात्रहरुलाई माध्यम बनाई देश लुटेर आफ्नो पेट भरेका छन, या त आफै खलपात्र बनेर देश र जनताको लागी अभिसाफसिद्ध छन।

पद र पैसाको लागी यहाँ जस्ता चलखेलहरु पनि राजनैतिक हिसावले जायज मानिंदै आईएको छ र त्यस्ता चलखेल जतिखेर पनि देशका विरुद्ध नै गरिने चलखेल सावित हुंदै आईरहेका छन। ५० औं शताब्दीमा झैं सवैलाई पद नै चाहिने सवै धनी हुनैपर्ने संकिर्णता बोकेर राजनिती गरेकाहरु न त बिना पद टिक्न सक्छन न नै यस्तै जायजरनाजायज चलखेल गरेर मोटो रकम हात नपार्दासम्म चैनले सुत्न सम्म सक्तछन। यस्ता ब्याक्तिवाट देशले के आश गर्ने, जनताले के को भरोसा गर्नेरु

एकता महाधिवेशन भएको ८ महिना नवित्दै हिंजोमात्र राप्रपा फुट्यो। कूल ३७ सांसद रहेको एकिकृत राप्रपामा पशुपतिशमशेर राणाको संयोजकत्वमा २२ सांसद साथमा लिएर र कथित ञकिर्ते हस्ताक्षरझ ( संस्थापक पक्षको भनाई) गरि फुटाएर हिंजो नै निर्वाचन आयोगमा दर्ता गर्नको लागी निवेदन दिएको छ। यद्यपि एकिकृत राप्रपाका अध्यक्ष कमल थापाले मनोमानी रुपमा अंघाढी बढ्न खोजेको र उनकै ब्यवहारका कारण पार्टिले स्थानिय तहको निर्वाचनमा लज्जास्पद हार बेहोर्नुपरेको आरोपवाहेक त्योभन्दा बढी पार्टी फुटाऊनुको सैद्धान्तिक, राजनैतिक औचित्य पुष्टि गर्न सकेका छैनन।

सरसर्ती हेर्दा राप्रपा फुटेको नभई फुटाईएको हो। एकिकृत राप्रपामा बसिरहंदा कमल थापाकै हालीमुहाली रहने र सरकारमा पनि वारम्वार उनि नै जाने, उनकै आफ्ना मान्छेहरु नै गईरहने सम्भावना भएकाले सवैलाई पदको पालो नआऊने ठानेर नै पार्टी फुटाईएको हो एक। दोस्रो, संविधान संसोधनमा आवश्यक दूईतिहाई मत पुर्याऊनकै लागी राप्रपा फुटाईएको हो। यसरी फुटाईएको राप्रपालाई सहजै सरकारमा प्रवेशको ढोका खुल्ला गरिनेछ र संविधान संसोधनमा आवश्यक दूईतिहाई मत पुर्याई संविधान संसोधन पनि गरिनेछ र प्रदेश नं। ५ बाट नेपालको तराई भू-भागलाई अलग गरि समग्र मधेसमा बढिमा दूई प्रदेशको योजनालाई सार्थक पारिनेछ। भारतिय गुप्तचर निकाय ञरअझ को नेपाल गेमप्लानको बांकी अध्याय अव यहिं संसोधनको यात्रावाटै शुरु हुनेछ। अव सहजै अनुमान लगाऊन सकिन्छ, राप्रपा फुटका आन्तरिक एवं बाह्य कारकहरु को को हुन तरु यसमा कति रकमको चलखेल भएको होला र कुन कुन सांसद बिकेका छन भनेर अव धेरै कुर्नु नै पर्दैन।

बढिमा मधेसमा दूई प्रदेश अन्तर्गतको यात्रामा अलिकति चितवन जिल्ला वाधक रहेको छ। चितवन जिल्लालाई टुक्र्याऊने या यथावत राख्ने भन्ने बारेमा एकपटक चर्को वहस पनि भयो, तर चितवनवासीको विरोधका कारण यो मुद्धा अहिले सेलाएको जस्तो देखिएतापनि यसको गेमप्लान भित्रभित्रै भुसको आगोझैं सल्किराखेको छ। चितवनमा आफूअनूकुल निर्णय गराऊन शाषकवर्गले भर्खरै सम्पन्न निर्वाचनमा जुन हतकण्डा अपनाए, त्यस्तो कार्य शर्मनाक मात्र नभएर समग्र चितवनको भविष्यसंग जोडिएर आऊने कुरा पनि हो। समग्र समथर भूमी मधेस प्रदेश मात्र हुनुपर्ने अभियानमा लागेका आन्तरिक एवं बाह्य राष्ट्रघाती तत्वहरुको चितवन गेमप्लान पनि अव सफल भएको छ। पुष्पकमल दाहालकी पुत्री भएकोमा विरोध होईन कि, यि शाषकवर्गहरुको गलत तत्वहरुसंगको अस्वाभाविक साँठगाँठले गर्दा झस्किनुपरेको हो।

समग्र नेपालको तराई भूभाग मात्र अलग प्रदेश हुनुपर्ने, त्यस्ता प्रदेशमा पहाडी भू-भाग किन नमिसाऊन नहुने भनेर यि शाषकवर्गले कहिल्ल्यै प्रतिप्रश्न गरेनन। उल्टै मधेसी नेतालाई रिझाऊने र आफ्नो सत्तागठवन्धन टिकाईरहने नाममा उनीहरुका जुनसुकै जायजरनाजायज मागहरुमा मोहर लगाऊँदै गए। यसलाई भनिन्छ – राष्ट्रघाती कदम, राष्ट्रघाती नेता। अव हुँदा हुँदा राप्रपा समेत फुटाएर संविधान संसोधन गराईछाड्ने अर्को गेमप्लान अव लगभग सफल हुंदैछ। प्रदेश नं. ५ बाट पहाडी जिल्ला अलग गरि तराईको समथर भूमीमात्र एक अलग्गै प्रदेश बनाऊन खोज्नुको निहितार्थ शाषकवर्गले बुझे पनि नबुझेझैं गरेर आँखा चिम्लिदिनु देशको लागी आज मात्र होईन कालान्तरसम्मको लागी निकै घातक सावित हुनेछ।

पद र पैसाका लागी जस्तोसुकै राष्ट्रघाती कदममा पनि मोहर लगाउन पछि नपर्ने नेताहरुको कमी छैन यहाँ। न यो शृङ्खला आजको हो, न नै भोली गएर रोकिनेछ। हिंजोका दिनमा पनि देशका प्रमूख शक्ति मानिएका कांग्रेसर एमालेवाट पनि यस्ता राष्ट्रघाती कार्य निकै भएका थिए। भनिरहनु नपर्ला, अझै पनि यि दल आफ्नै खुट्टामा उंभिन सकेका छैनन। कुनै बाह्य शक्तिका खेलौना सरह नै छन। यि पार्टिहरु पनि स्वार्थ मिल्दा जुट्न र फुट्न रत्ति पनि समय लाग्नेछैन। विशेष गरेर सत्ता गठवन्धन र बाह्य शक्तिकेन्द्रको स्वार्थको लागी यि पार्टिहरुपनि आजको भोली नै दूई चिरा हुन बेर छैन भने अन्य साना पार्टिको के कुरा गर्नुरु मूख्य मानिएका दल त यति कमजोर छन भने बाँकी अन्य साना दल बलिया रहन सक्तछन नेपालमारु त्यसमाथी पनि निष्ठालाई राजनिती बनाएर हिंडेको होईन कि, राजनीतिलाई कमाऊधन्दा बनाएर हिंडेकावाट कहिल्ल्यै देश र जनता सुरक्षित रहन्छन र ? नेपालमा अधिकांश दलका अधिकांश नेताकार्यकर्ता निष्ठामा आधारित राजनिती होईन कि कमाऊधन्दामा आधारित राजनिती गरिरहेका कारण नै यस्तै समस्या सिर्जना हुने गर्दछन। जसको परिणाम मुलुकले गम्भिर रुपमा बेहोर्नुपरेको हुन्छ। राप्रपा फुटाईमा पनि म गम्भिर राष्ट्रघात

बिजय ज्ञवाली

Related posts

Leave a Comment