देवी ज्ञवाली भन्छन्, ‘सर्वोच्च जाँदा चुनाव हारियो’

टिभी अन्नपूर्ण, चितवन ।

नेकपा एमालेले चितवनको भरतपुरमा चुनाव हार्नुको पछाडी सर्वोच्चको हात रहेको बताएको छ ।

एमाले चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै सर्वोच्चमा जानु नै ठूलो गल्ती भएको ठहर गरेको हो । भरतपुर महानगरपालिकाको निर्वाचनको विषयमा सर्वोच्चमा जाँदा आफू पराजित भएको प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले बताए । ज्ञवालीले निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णय नमान्दा पराजित भएको उनले बताए । वडा नम्बर १९ को मतगणना चलिरहँदा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो ।

एमालेले त्यो निर्णयको विरुद्ध पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चको निर्णयमा ढिलाई हुँदा यो अवधिमा विपक्षीले तयारीको समय पाएकाले हार भएको ज्ञवालीले बताए । ’लम्ब्याउने कुरा उहाँहरुको सेटिङ रहेछ ज्ञवालीले भने‘ यो बीचमा उहाँहरुले चलखेल गर्ने मौका पाउनुभयो।‘

उनले आयोगको निर्णय मानेर सोझै चुनावमा गएको भए आफूले चुनाव जित्ने दावी गरे । महानगरपालिकाको प्रमुखमा ज्ञवालीलाई पराजित गर्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी हुन् । ज्ञवालीले मेयर पदमा आफू हारेपनि राजनीतिमा जितेको दावी गरे । नेकपा एमाले चितवनले राज्यसत्ताको दुरुपयोग गरेर आफ्ना उम्मेदवार हराएको आरोप लगाएको छ।

आफूहरुले निर्वाचन जित्ने भएपछि आर्थिक प्रलोभनमा पारेर षड्यन्त्र गरेको एमाले चितवनको आरोप छ । लोकतान्त्रिक प्रतिस्पर्धामा हारजित हुनु स्वभाविक भएपनि सत्तागठबन्धनले सत्ताको दुरुपयोग गरेर प्रमुख पदमा एमालेका उम्मेदवारलाई पराजित गरेको एमाले चितवनको आरोप छ ।

Related posts

Leave a Comment