सामसुङ ग्यालेक्सी जे ७ म्याक्स नेपाली बजारमा, के छन् विशेषता ?

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले सामसुङ ग्यालेक्सी जे७ म्याक्स मोबाइल नेपाली बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्टफोन सामसुङ ग्यालेक्सी जे सिरिजअन्तर्गत थप विशेषतासहतिको जे ७ म्याक्स बजारमा ल्याएको सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले बताए । यसमा फिङ्गर प्रिण्ट सेन्सर र फेस रिकग्निशन, चार जीबी र्याम तथा ३२ जीबी आन्तरिक मेमोरीलगायत विशेषता रहेका छन् ।

क्यामरा 

जे ७ म्याक्समा फ्याससहितको १३ मेगापिक्सल क्षमताको फ्रण्ट क्यामरा रहेको छ, जसमा एफ १.९ को लेन्स लगाइएको छ । यसमा १३ मेगापिक्सलकै प्रमुख क्यामरा रहेको छ, जसमा एफ १.७ को लेन्स प्रयोग गरिएको छ । यस्तो सुविधा यसअघि सामसुङका प्mलागशिप मोबाइलमा मात्र उपलब्ध थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालोमा पनि उत्कृष्ट फोटो तथा सेल्फी खिच्न सकिन्छ ।

उत्कृष्ट कार्यक्षमता 

ग्यालेक्सी जे७ म्याक्समा भएको १.६ गिगाहर्ज ओक्टाकोर प्रोसेसर, चार जीबी ¥यामले विनाअवरोध मल्टी टास्किङको सुविधा प्रयोग गर्न सकिन्छ । यसमा प्रयोग भएको ३ हजार ३ सय एमएच क्षमताको ब्याट्रीले मोबाइलको कार्यक्षमतालाई चुस्त एवम् भरपर्दो बनाएको कम्पनीको भनाइ छ । यसमा भएको मेटल युनिबडीले फोनलाई अझ आकर्षक र स्टाइलिस बनाएको छ । यसको ५.७ इञ्च स्क्रीनले गेम खेल्न र मुभी हेर्न सहज हुने बताइएको छ । यसमा टचमा आधारित फिङ्गर प्रिण्ट सेन्सर, वेबसाइटमा एकाउण्ट भेरिफाइ सुविधा तथा फेस रिकग्निशनजस्ता सुरक्षा प्रणाली रहेका छन् । मोबाइलमा भएको डुअल म्यासेञ्जरले म्यासेजिङका लागि थप सहजता प्रदान गर्छ । यसको प्रयोगबाट मोबाइलमा दुई भिन्न एकाउण्ट लगिन गरी च्याट गर्न पनि सकिन्छ ।

हाल कालो तथा सुनौलो रङमा उपलब्ध ग्यालेक्सी जे७ म्याक्सको बजार मूल्य २८ हजार २ सय ९० रुपैयाँ तोकिएको स्थापितले जानकारी दिए ।

सामसुङ नेपालले नेपाल टेलिकमको सहकार्यमा ग्यालेक्सी जे७ म्याक्सका ग्राहकलाई ७ महीनासम्म प्रतिमहीना १ जीबीका दरले निःशुल्क डाटा तथा निःशुल्क सिमकार्ड दिने सुविधा उपलब्ध गराएको स्थापितको भनाइ छ । निःशुल्क सिमकार्ड सामसुङ ब्राण्ड शपबाट मात्र प्राप्त गर्न सकिने उनले जानकारी दिए ।

Related posts

Leave a Comment