देउवा–प्रचण्ड सम्बन्धमा संकट, रेणुलाई जिताउन ओलीसँग लबिङको खुलासा

टिभी अन्नपूर्ण, काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत सोमबार दिएको अभिव्यक्तिले माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धन संकटमा पर्ने संकेत देखिएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको सयुक्त सरकारको नेतृत्व गरेर सत्ता हस्तान्तरण गरेको ३ महिना नपुग्दै प्रचण्डले दिएको यो अभिव्यक्तिले गठबन्धन सरकार संकटमा पर्ने देखिएको हो ।

यसो त नेपाली कांग्रेस र माओवादी केन्द्रकाबीच स्थानीय तह निर्वाचनका बेला धेरै ठाँउमा तालमेल गरेको घटना ताजै रहेका बेला प्रचण्डको अभिव्यक्तिलाई अस्वभाविक रुपमा लिएका छन् । स्थानीय निर्वाचनका बेला बैचारिक विमती नदेख्नु भएका प्रचण्डले अहिले कांग्रेससँगको बैचारिक विवाद सुरु गरेको प्रति नेपाली कांग्रेस शंसकित बनेको छ ।

माओवादी केन्द्रले सोमबार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले राज्यको शासकिय स्वरुपका विषयमा प्रस्तुत गरेको धारणाले कांग्रेस माओवादीबीचको सम्बन्धमा समस्या पैदा हुने संकेत देखिएको हो । प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विपक्षमा उभिदै आएको काँग्रेससँग टाढा हुनेगरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेकाहरुसँग मात्रै तालमेल गर्नेगरी माओवादी केन्द्रले गृहकार्य थालेको बताउनुभएको थियो ।

झण्डै एक बर्षअघि संसदको सबै भन्दा ठुलो दल नेपाली काँग्रेसले पालैपालो सरकारको नेतृत्व गर्ने सहमती अनुसार पहिलो चरणमा माओवादी केन्द्रलाई नेतृत्व गरेकोे थियो । माओवादी केन्द्रले दश महिना सरकार चलाएपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई नेतृत्व दिएको तीन महिना नपुग्दै प्रचण्डले दिएको यो अभिव्यक्तिलाई नेपाली काँग्रेसका नेताहरुले धोका दिने संकेत भएको टिप्पणी गरेका छन् ।

गठबन्धन सरकारको नेतृत्व गरेको काँग्रेसलाई चुनौती दिनेगरी चर्को बैचारिक विमती व्यक्त गर्नु नेपाली काँग्रेसमाथी प्रचण्डले धोका दिने संकेत भएको नेपाली काँग्रेसका एक नेताले बताए । तर माओवादी केन्द्रले भने राज्यको शासकीय स्वरुपको विषयमा माओवादीको पुरानै अडानले अध्यक्ष प्रचण्डको अभिव्यक्तिले पुर्नःउठान गरेको भएपनि यसले गठबन्धनमा असर नपर्ने बताए ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रचण्डको यो भनाईले अहिलेको गठबन्धनमा कुनै असर नपर्ने दावी गरिन् । तर यो विषयले नेपाली राजनीतिमा भने तरंग पैदा गरेको छ । माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भरतपुर निर्वाचनमा गोप्य सहमति गरी प्रचण्डपुत्री रेणु दाहाललाई मेयरमा जिताउने गरी भएको भनिएको सहमतिसँग जोडेर समेत बिश्लेषण हुन थालेको छ ।

मतगणनाका विषयमा विवाद उत्पन्न भएपछि पुनः निर्वाचनका लागी एमाले अध्यक्ष ओली र प्रचण्डबीच गोप्य सहमति भएको र सोही सहमतिका आधारमा अहिले प्रचण्डले काँग्रेसलाई छाडेर एमालेसँग नयाँ समिकरण गर्न लागेको समेत चर्चा हुन थालेको छ । यसले भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन गोप्य रुपमा प्रचण्ड देउवादेखी केपी ओलीले लबिङ गरेको विषय समेत सतहमा आएको छ ।

Related posts

Leave a Comment