सुरेश भट्ट आए ‘पश्चिम धनगढी’ लिएर रमिलालाई फकाउँदै (भिडियोसहित)

टिभी अन्नपूर्ण, धनगढी ।

कैलालीको अत्तरियाका सुरेश भट्ट पश्चिम धनगढीको म्युजिक भिडियोसहित बजारमा आएका छन् ।

विभिन्न गीतका म्युजिक भिडियो र केही लघु चलचित्रमा अभिनय गरिसकेका भट्टले अभिनय गरेको देउडा गीत “पश्चिम धनगढी” को भिडियो सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा भट्टसँगै रमिला कार्कीको अभिनय रहेको छ । उनले रमिलाको वयान गर्दै आफुलाई मन परेको भन्दै फकाउन खोजेका छन । चक्र वम र पुर्णकला विसीको स्वरमा रहेको गीतमा अभिनय गरेका भट्ट गीतको भाकामा भन्छन्–

‘कै देशको पहिरन होला फेरी फेरी लाउने
हातले वनाया जसी जे लायारई सुहाउने ‘
‘सुहा मन पडी साह्रै मन पडी सुहा मन पडी
हात समाई लैजान्छु मेरा पश्चिम धनगढी’

पेशाले होटेल व्यवसायी भट्टले अभिनय गरेको यो म्युजिक भिडियोलाई कैलाली र कञ्चनपुरका मुख्य पर्यटकीय क्षेत्रहरुमा छायाकंन गरिएको छ । धनगढी, अत्तरिया, चिसापानी, दोधारा–चाँदनी लगायतका रमणीय दृश्यलाई विवेक पाण्डेय र मुकेश चौधरीले म्युजिक भिडियोमा उतार्दै मोडेल सुरेश भट्ट र रमिला कार्कीको रोमान्सलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा धनगढीका जितेन्द्र रानाले लगानी गरेका हुन् । वामदेव बोहोराको शव्द रहेको गीतमा सुमित जैरुको नृत्य रहेको छ भने करन विकले म्युजिक भिडियोलाई निर्देशन गरेका हुन ।

Related posts

Leave a Comment