श्रीमतीलाई तीजमा ‘माइत न जाउ है’ भन्दैछ केशब घिमिरे (भिडियोसहित)

अमृत शर्मा,पोखरेल/टिभी अन्नपूर्ण, दोहा ।

नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजका विभिन्न खाले गीतहरु बजारमा आउने क्रम जारी छ ।

यहिक्रममा लोकदोहोरी गायक तथा सर्जक केशब घिमिरेले मौलिक तीज कोशेली “वचन नलाउ है’ बजारमा ल्याएका छन्। आफ्नै लय, शब्द तथा सुमधुर स्वरसहित बजारमा ल्याएका केशवलाई अहिलेकी चर्चित लोक तथा दोहोरी गायीका देवी घर्ती मगरले साथ दिएकी छन्।

यसअघि पनि धेरै गीतहरु बजारमा ल्याइसकेका घिमिरेले यो पटक पनि मौलिक गीत बजारमा ल्याएका हुन्। अन्जना घिमिरे सिग्देलको प्रस्तुतिमा बजारमा आएको यस म्युजिक भिडियोको छायांकन दुर्गा पौडेल तथा निर्देशन स्वंयम आफैले गरेका छन् ा

नारायण राज कुवँर, सारिका केसी, विकास कार्की, राज कुमार सुनारले अभिनय गरेको ‘वचन नलाउ है’ को सम्पादन भने प्रविन भट्टले गरेका छन्। यस म्युजिक भिडियोको दृश्य निर्माण एकता फिल्मस प्रा.ली ले गरेको छ भने चन्दन म्युजिक प्रा.ली ले बजार व्यवस्थापन गरेको छ ।

Related posts

Leave a Comment