फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लियो

टिभी अन्नपूर्ण, काठमाडौं ।

नेपाल फिफाको विश्व वरियतामा एक स्थान माथि उक्लिएको छ ।

विश्व फुटबलको नियामक निकाय फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा उक्लिएको हो ।

सार्क देशमा भारत एक स्थान तल झर्दै ९७ औं स्थानमा रहेको छ । माल्दिभ्स १४२ औं स्थानमा छ भने अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं र भुटान १६५ औं स्थानमा आइपुगेको छ । एक स्थानमाथि उक्लिएको बंगलादेश १८९ औं स्थानमा छ भने श्रीलंका १९७, पाकिस्तान २०० औं स्थानमा छ ।

यस्तै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । रुस विश्वकपमा स्थान बनाएको ब्राजिल, जर्मनीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । त्यस्तै जर्मनी दोस्रो स्थानमा रहँदा अर्जेन्टिना तेस्रो, स्विट्जरल्याण्ड चौथो, पोल्यान्ड पाँचौं स्थानमा रहेका छन् ।

Related posts

Leave a Comment