गर्भमा रहेकाे शिशु छाेरा की छाेरी भन्ने कुरा सुँघेर पत्ता लगाउन सकिन्छ

काठमान्डौ ।

गर्भमा रहेको शिशु छोरा या छोरी कसरी पत्ता लगाउने ? भन्ने कुरा पत्ता लागेको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले गरेको अध्ययनले उक्त पत्ता लगाएको हो । यसका लागि भिडियो एक्सरे वा डाक्टरको सहयोग आवश्यक पर्दैन।

अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरीरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ भने छोरी भएको अवस्थामा अर्कै प्रकारको गन्ध आउँछ ।

लीमर प्रजातिको बाँदरमा पहिलो परीक्षण

युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परीक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन् ।

यी दुबै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् । डेली मेल स्रोत मा उल्लेख गरिएको छ ।

गर्भावस्थाका बेलामा महिलाको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् । यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढी मात्रामा हुने गर्दछ ।

छोरा छ भने तेज गन्ध

गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ ।

मानिसहरुमा पनि यस्तै सम्भव

यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरारछोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन । (एजेन्सी)

Related posts

Leave a Comment