अव भने हामी चुप बस्न सक्दैनाैँ

बिजय ज्ञवाली

यौटै मुद्धालाई लिएर एघारौं पटकसम्म सत्याग्रह गर्न बाध्य पारिने यो कस्तो लोकतान्त्रिक संस्कारयुक्त पद्धती हो हाम्रो नेपालमारु के लोकतन्त्रको सुन्दर रुप भनेको यहिं नै हो तरु सत्याग्रह गर्नेले गरिरहन्छ, सत्ताको उन्मादले मत्त शाषकहरु बार्ता कमिटी गठन गर्दछन र मुसुक्क जुंगाको फेरो घुमाऊँदै बार्ताको स्वांङ्ग पार्दछन। यता ११ औं पटकको सत्याग्रहरुपी महासंग्राममा यौटा जिऊँदो शरिर १८औं दिनसम्म पनि मुढोझैं ढलेको ढल्यै छ, उता भने बार्ताको नाममा ति छ्द्नभेषीहरु बार्ता निर्णायकमोडमा पुग्न नसकेको र पुनस् प्रयाश जारी रहने सार्वजनिक ढोंग पिट्दै सोझै माफियाका महलहरुमा आत्मरति लिंदाहुन या विदेशी ब्राण्डका ह्विस्कि र कुखुराको लपेटासंगै अट्टहासको हाँसो हाँस्दाहुन।

सत्ता, शक्ति र पैसाको उन्मादले शाषकलाई यतिसम्म अन्धो र क्रूर बनाईंदिदोरहेछ कि उसले आफ्नै पैताला दब्दै गरेको सम्म भेऊ पाऊँदोरहेनछ। यौटा लोकतान्त्रिक शाषनपद्धती स्थापना भएको देशमा न्याय, शु-शाषन र समानताको लागी यतिविघ्न संघर्ष गर्नुपरेको उदाहरण विश्वमा सायदै होलान। बन्दुकको नालवाट राज्यसत्ता कब्जा गरि साम्यवाद ल्याऊने र गरिवका छोराछोरीलाई निशुल्क शिक्षा र स्वास्थ्यको अवसर सृजना गर्ने भनेर फैलाईएको महाझुठदाता तत्कालिन माओवादी या हालको माओवादी केन्द्र, जुन पार्टिका सुप्रीमो पुष्पकमल दाहाल, अझै पनि नेतृत्वमा छन र यो देशको दूई रदूईपटकसम्म प्रधानमन्त्रीसम्म भए त्यहिं बन्दुकको त्रास देखाएर। हजारौं निर्दोष नागरिकलाई साम्यवाद र समाजवादका झुठा सपनाहरु फैलाएर, हजारौंका संख्याका ति कलिला बालबालिकाका हातमा बन्दुक थमाएका ए सुप्रीमो कमाण्डर खोई त निशुल्क अनि गुणस्तरीय शिक्षा अनि स्वास्थ्यरु के हजारौंको संख्यामा बलिदानी तिम्रो अनि तिम्रो परिवारको लागीमात्र ऐयासी जिवनको लागीमात्र थियो त ?

यता, जनताको बहुदलिय जनवाद्का प्रणेता क। मदन भण्डारीका चेलाहरुलाई हेरौं आज। पछिल्लो समय के।पी। ओली राष्ट्रिय राजनितिको शिखरविन्दुमा आईसकेपछि राष्ट्रियता र स्वाभिमानको डम्फे रोटि खुवै सेकिएको छ। मैपनि एमाले सैपनि एमाले, राष्ट्रियता र स्वाभिमानको डम्फो खुवै पिटिएकाले यसपालीको स्थानिय तहको निर्वाचनमा आशलाग्दो नतिजा आएको छ एमालेको पक्षमा। यसहिसावले नेकपा एमाले मुलुककै प्रथम पार्टि दावी गरिंदै आएका छन यसका नेतृत्ववर्गले। राष्ट्रियता र स्वाभिमानको लडाईं लड्दै आएको यस पार्टी र यसलाई नेतृत्व गर्ने नेतृत्व भने जनजिविकाको सवालमा भने घोर चूप छ। जनताले सर्वसुलभ, छिटो, छरितो र भरपर्दो अनि गुणस्तरीय चिकित्सा शिक्षा अध्यन, परामर्श, उपचार तथा सेवा प्राप्त गर्नपाऊनुपर्ने लडाईंमा भने यसका नेतृत्ववर्गको अत्यासलाग्दो चुप्पीको कारण कहिं कतैवाट लुक्न सकेको छैन। आम नागरिकलाई थाहा छ कि माफियाले पार्टी चलाईराखेका छन या पार्टिद्वारा माफिया सलबलाईराखेका छन भनेर। दिनमा हजारौं आदर्शका खोक्रा गफ छाँट्नेले खोई त आम जनजिवनमा प्रत्यक्ष असर पार्ने गुणस्तरीय स्वास्थ्य र शिक्षासम्बन्धी दूईचार शव्द ओकल्न सकेको ?

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद यि आकर्षक नारा र सिद्धान्त हुन बि।पी। कोईरालाका। नेपाली कांग्रेस यसै आदर्शलाई भजाऊँदै आजसम्म जेनतेन जिऊँदो छ, नत्र त ञकवका मर गया होताझ कै हालतमा छ आज। प्रजातन्त्र प्राप्तीका लागी कहिले राणासंग त कहिले पंचायतसंग अनि राजासंग लड्दै आएको पार्टी आजका दिनसम्म आईपुग्दा तिनै माफियाहरुसंगको लडाईंमा निरिह छ। आफ्नै गुट र उपगुटसंग परास्त छ, भ्रष्टाचारीकै कारण पार्टी बदनाम छ। शेरवहादुर देउवा आफै आफ्नो पार्टिको संरचना कस्तो छ भनेर हेक्का राख्ने सामर्थ्य राख्दैनन त बाँकी जनताको स्वास्थ्यसंग जोडिएको महत्वपूर्ण मुद्धामा कसरी जानकार हुनसक्तछनरु उनलाई आफ्नै खुस्किन लागेको सुरुवालको वारेमा अत्तो छैन त बाँकी दुनियाँको बारेमा उनी कसरी जानकार हुनसक्तछनरु आज बि।पी।का चेलाहरु राष्ट्रियता, प्रजातन्त्र र समाजवाद होईन गुटवन्दी, भ्रष्टाचार र सत्तालिप्साका लागीमात्र संघर्ष गरिरहेको आभाष हुन्छ। र, असलमा नेपाली कांग्रेसको नियमित नियती यत्तिमा मात्र सिमित भैराखेको महसुस हुन्छ। त्यसैले आँखा खोल हो ए कांग्रेसीजन, कतै निद्रावाट बिऊझिंदासम्म न घर रहला न नै खरानी।

नन्दप्रसादले न्यायको याचना गर्दा गर्दै जीवन नै आहूती दिनुपर्यो। जसको शव अझैपनि अस्पतालकै बाकसमा रहिआएको छ। यसविचमा धेरै सरकार परिवर्तन भए, धेरै ठूला र चर्का कुरा भए, धेरै न्यायसम्बन्धी वहस भए र धेरै नै शु-शाषनका कुरा भए। यहाँसम्म कि सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीले समेत यो देशको वागडोर सम्हाले। तर यो देशमा अराजकता ज्यूं का त्यूं रह्यो। अब मेडिकल क्षेत्रमा व्यापक सुधार एवं स्वास्थ्य क्षेत्रमा जनताको सहज एवं सर्वसुलभ पहुंचको माग लिएर डा।गोविन्द के।सी। एघारौं पटकसम्म सत्याग्रह गरिरहेका छन, तर वर्तमान व्यवस्थाका शाषक भने टस का मस छैनन। यौटा लोकतान्त्रिक देशमा यौटा मान्छे यौटै माग लिएर एघार एघार पटकसम्म अनशन बस्नुपर्ने बाध्यता-यो कस्तो राजनैतिक एवं कानूनी निर्लज्जता हो ?

लेखक विजय ज्ञवाली

होला, डा.केसीका सवै माग दुरुस्त पुरा गर्न पनि नसकिएला। तर, आम जनसरोकारसंग प्रत्यक्ष जोडिएर आऊने स्वास्थ्य क्षेत्रभित्रका विकृति, महंगी, र विचौलियालाई निरुत्साहित गरि सर्वसुलभ एवं सस्तोमा चिकित्सा शिक्षा अध्ययन एवं यसैतवर स्वास्थ्यप्राप्तीको आम नागरिकको अधिकारलाई ससक्त स्थापित गर्न नसकिने हो ररु अवश्य होईन, यतिसम्म सरकार र प्रमूख राजनैतिक दलहरुले आफ्नो धर्म नछोड्ने हो सहजै पुरा गर्न सकिन्छ। हामी सवैले बेहोर्नुपरेकै कुरा हो कि नेपालमा स्वास्थ्य सेवा लिन कति कठिन, महंगो र झन्झटिलो छ भनेर। कमसेकम सरकारले यि र यस्तै सहज मागहरु त पुरा गर्न सक्छ नि । तर, नियतै खराव भएपछि र माफियाको चंगुलमा नेतृत्व परिसकेपछि आम नागरिकलाई गाह्रो पर्दोरहेछ। नेपालको माफिया र सिन्डिकेटगिरि तोड्नै नसकिने होईन, तर त्यसको लागी नेतृत्वतहमा ईमान नियत साफ हुनुपर्दछ। कुनियत राखेर नेतृत्वतहमा उक्लिएका छन र त डा. गोबिन्द केसीको अनसनलाई लिएर विगतदेखि लिएर आजसम्मका सरकार वदनाम हुंदै आईरहेका छन।हरेक सरकार केसीको मागलाई गलत भन्न सक्ने अवस्थामा पनि छैन, तर दबाव थेग्‍न नसकेर माग पुरा गर्ने सम्झौता गर्छ। चिकित्सा क्षेत्रको अवस्था र केसीको माग बारे अध्ययन गर्न केदार भक्त माथेमाको नेतृत्वमा आयोग पनि बन्यो। आयोगले रिपोर्ट पनि बुझायो। सरकारले माथेमा आयोगको सुझावलाई लागू गर्ने वाचा पनि गर्‍यो, तर कार्वान्ययनको तहसम्म कहिल्ल्यै जान मानेन या सकेन अथवा चाहेन। यहिवाट पुष्टि हुन्छ यिनिहरुको नियत के हो र बाध्यता के हो भनेर।
वास्तवमा निचोड के हो भने, डा.केसीको माग चिकित्सा शिक्षा पैसाले किन्न सक्ने हुनु भएन भन्ने हो। क्षमतावानले पढ्न पाउनु पर्छ। यसको लागि जिम्मा सरकारले लिनु पर्छ भन्ने हो। केसीको अर्को माग मेडिकल कलेजहरू राजधानीमा मात्र केन्द्रीत हुनुभएन भन्ने पनि छ।
यति सहज र सरल माग पनि सरकारले पुरा गर्न नसकी मूकदर्शक बनेर बस्नु निरिहता र निर्लज्जताको पराकाष्ठा हो।

जहाँसम्म निजि क्षेत्रको कुरा छ, सरकारले आफूले नसक्ने काम निजि क्षेत्रलाई सुम्पिनुपर्दछ। निजि क्षेत्रलाई पनि मेडिकल शिक्षामा प्रोत्साहन त दिनुपर्दछ, तर, त्यसको लागी अनिवार्य शर्त माफियागीरीमुक्त निजिक्षेत्र हुनुपर्दछ। स्वस्थ प्रतिस्पर्धाद्वारा सस्तो, गुणस्तरिय र सर्वसुलभ चिकित्सा शिक्षा तथा स्वास्थ्य सरकार या निजिक्षेत्र दुवैका लागी अनिवार्य शर्त हुनुपर्दछ। अझै अर्को विकल्पका रुपमा सरकार र निजि क्षेत्रसंगको साझेदारीमा पनि संयुक्त कार्य गर्न सकिन्छ, जसले गर्दा माफियागीरीलाई निरुत्साहित गर्न सकियोस।

सरकार भन्छ, योग्य र क्षमतावान डाक्टरहरु बिदेशतिर पलायन हुनेक्रम बढ्दो छ। मेरो प्रतिक्रिया छ, महोदय यि योग्य र क्षमतावान डाक्टर तपाईँकै नजरमा असक्षम छन त बिदेश पलायन नभएर के गरुन तरु असल शाषनको गोरेटो र आदर्शको मूलढोका नै तपाईहरु पहिल्यै बन्द गरिदिनुहुन्छ त बाँकी जमात के गरोस तरु राज्यका महत्वपूर्ण र जिम्मेवार पदमा आसिनहरुका सामान्य भन्दा सामान्य बिरामीको लागि यो देशका योग्य, क्षमतावान डाक्टर र अस्पतालहरु निकम्मा साबित हुन्छन भने यि उत्पादित दक्ष डाक्टरहरुको पनि त मनोवल खस्किएको हुन्छ।

असलशाषनको शुरुवात नै तपाईँ आफै बिगार्दै हुनुहुन्छ भने बाँकी गोरेटाहरु कसोरि सहज हुन सक्छ ररु आजै देखि तपाईँ आफ्नो असल र जिम्मेवारपूर्ण ब्यबहार अबलम्बन गर्नुहोस त बाँकी जमातले कसोरि फ्लोअप गर्दैनन तपाईँको आदर्शलाईरु त्यसकारण समस्या तपाईँमै छ र निराकरण पनि तपाईँसमक्ष नै छ। बस, मन हुनुपर्यो आजैदेखि शुसाषनको प्रारम्भ गर्नको लागि।

Related posts

Leave a Comment