डा. केसीले अनसन कहिले ताेड्लान ? यस्ताे भयाे सहमति

डा. गोविन्द केसीका मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा बोलाएको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने सहमति भएको हो । उक्त सहमति कार्यान्वयन भएपछि डा. केसीले आनशन तोड्नुहुनेछ ।

प्रधानमन्त्री देउवा, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संसदको महिला, बालबालिका तथा समाज कल्याण समिति संयोजक रञ्जु झा, केदारभक्त माथेमा लगायत कार्यदलका सदस्यहरु
सहमाथि बैठकमा केदारभक्त माथेमा नेतृत्वको आयोगले सिफारिस गरे अनुसार विधेयक पारित गर्ने सहमति भएको जनाएको छ ।

त्यस्तै सरकारबाट यस अघि नै मनसायपत्र पाइसकेका मेडिकलले आयोगले तोकेको मापदण्ड पुरा गरेपछि अनुमति दिने सहमित भएको छ ।

यसैगरी १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज नखोल्ने विषयमा पनि सबै सहमत भएका छन् ।

यद्यपी यस विषयमा डा.केसीसँग छलफलका लागी मिति तय भएको छैन् ।

Related posts

Leave a Comment