भदौभित्र लेखापरीक्षण नगरे नागरिक लगानी कोषको सबै रकम बेरुजु !

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नागरिक लगानी कोषलाई भदौसम्म दुई आर्थिक वर्षको लेखापरीक्षण नगरे कोषमा संकलित सबै रकम बेरुजु लेखिदिने चेतावनी दिएको छ ।

महालेखाको उक्त चेतावनीसँगै भदौसम्म दुई आर्थिक वर्षको लेखापरीक्षण सक्न कोषलाई यतिबेला दबाब परेको छ ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ को लेखापरीक्षण भदौ मसान्तसम्म गरिसक्न निर्देशन दिएको कार्यालयका सहायक महालेखापरीक्षक रामुप्रसाद डोटेलले जानकारी दिए । अन्नपूर्ण

Related posts

Leave a Comment