बाढी पहिरोले देशभरी ३१ जनाको मृत्यु, १५ भन्दा बढी बेपत्ता

काठमाडौँ । गएरातिदेखीको अविरल वर्षका कारण हालसम्म देशभरी ३१ भन्दा बढीले ज्यान गुमाएका छन् ।

पहाडी भेगमा पहिरो र तराईमा डुवानमा परि अहिलेसम्म ३१ जनाको ज्यान गएको र बाढी, पहिरो र डुबानमा परेर १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।

गृहमन्त्रालयका अनुसार बाढी र पहिरोमा परी सुनसरीमा ९ जना, सिन्धुलीमा, मोरङमा र पाँचथरमा ४ जना, बाँकेमा ५ जनाको मृत्यु भैसकेको छ ।

सुनसरीमा ९ जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा बाढीले बगाउँदा २ महिला र २ बालबालिका सहित ९ जनाको मृत्यु भएको छ । बाढीले बगाएर मृत्यु भएकामध्ये ६ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

सुनसरी र मोरङको सिमाना बुढीखोलाको गैरीगाउँमा दुर्इ परिावरबाट ४ जनाको बाढीले बगाएर मृत्यु भएको छ । राई परिवारका दुई बालबालिका र साह परिवारका दुर्इजनासहित चारजनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण इटहरी बजार क्षेत्रको अधिकांश भूभाग डुबानमा परेको छ । बाढीबाट धेरै ठाउँमा कच्ची घर भत्किएका छन् ।

बाढीपछि मध्यरातिदेखि नै सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार जारी राखेको छ ।

सिन्धुलीमा एकै परिवारका चारको मृत्यु भएको छ

बाँकेमा एकै परिवारका चारजनाको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीनजना बालिकाको मृत्यु भएको छ ।

गत रातिदेखिको अविरल वर्षाले घरभित्र पानी पसेर घर भत्किँदा तीन छोरी मृतअवस्थामा भेटिएका हुन् । त्यहाँ उनीहरूकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताउनुभयो । यस्तै बाँकेमा बाढीले बगाउँदा अर्का एक जना व्यक्तिको मृत्यु भएको छ ।

उद्धारका लागि बिहानैदेखि प्रहरी परिचालन गरिए पनि सबै स्थानमा उद्धार गर्न नसकिएको तामाङले बताउनुभयो ।

मोरङमा चारको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा ४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । लेटाङ नगरपालिका–१ मालवासेकी ३५ वर्षीया गोपीमाया तामाङको पहिरोमा परेर मृत्यु भएको छ । यस्तै बक्राहाको बाढीबाट मिक्लाजुुङ गाउँपालिका–२ का ३२ वर्षीय गंगाराम खतिवडाको मृत्युु भएको छ ।

त्यसै गरी लोहन्द्रा खोलाले बगाउँदा केराबारी गाउपालिका–९ का ५६ वर्षीय मिनबहादुुर थापा र घरछेउको नालीमा डुुबेर बूढीगंगा गाउँपालिका–६ की ७५ वर्षीय बुिद्धमाया लिम्बुको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

यसैबिच सुन्दर हरैंचा नगरपालिकामा तीनजना बाढीमा परेर वेपत्ता भएका छन् । गछिया खोला र बुढी खोलामा आएको बाढीले बलिया खापमा रहेको बृद्धाश्रमका तीन वृद्धालाई बगाएर बेपत्ता बनाएको सुन्दर हरैंचा नगरपालिकाका प्रमुख शिव ढकालले जानकारी दिनुभयो । बेपत्ताको नाम थर भने खुल्न सकेको छैन ।

पाँचथरमा चारजनाको मृत्यु

यस्तै शुक्रवार मात्रै पहिरोमा पुरिएर पाँचथरमा एकै परिवारका तीन सहित चारजनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर फालेलुङ–३ ताङ्लेपाका विष्णुभक्त राई, उनकी छोरी गंगामाया र नातिनी प्रिया राईको मृत्यु भएको थियो । यस्तै ताङ्लेपाकाकै ८३ वर्षका तिलोचन विकको पनि पहिरोमा परेर ज्यान गएको थियो ।

बारामा एक महिलाको मृत्यु

शुक्रवार बिहानदेखिको अविरल वर्षापछि आएको बाढीले बगाउँदा बारामा एक महिलाको मृत्यु भएको छ । बाराको सिमरनगढ–१ मा बाढीले बगाउँदा महिलाको मृत्यु भएको हो ।

झापामा २ जनाको मृत्यु, ६ वेपत्ता

बाढीले बगाउँदा झापामा २ जनाको  मृत्यु भएको छ । झापामा बाढीले ठुलो मात्रामा जमिन र घर डुबानमा परेका छन् ।

बाढीमा १५ जना बेपत्ता

बाढीले बगाउँदा अहिलेसम्म १५ जना बेपत्ता भएका छन् । सुनसरीमा सबैभन्दा बढी १० जना बेपत्ता भएका छन् । यस्तै झापामा २ जना, बाँकेमा १ जना, सप्तरीमा १ जना र दाङमा १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मुख्य रूपमा पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, रौतहट तथा पश्चिम तराईका नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, कञ्चनपुर लगायत जिल्लाका विभिन्न स्थान बाढी र डुवानबाट बढी प्रभावित भएका छन् ।

यो पनि पढ्नुहोस्

सबैलाई सतर्क रहन सरकारको आग्रह

विभिन्न गाउँ डुबानमाः पीडितलाई हेलिकप्टरमार्फत उद्धार

अविरल वर्षापछि आएको बाढीका कारण चितवनमा दुई सय घर डुबानमा

घर भत्किँदा चार जना पुरिए

लगातारको वर्षाले जोखिम बढ्यो, ८ ठाँउमा खतराको साईरन बज्यो

नदीमा बग्दै गरेका दुईको उद्धार

उद्धार र राहत कार्यमा सहयोग गर्न गृहमन्त्रालयकाे अनुराेध

महोत्तरीका ४१ वटा सडक बाढीले अवरुद्ध, वर्षाका कारण १७ घर विस्थापित

 

Related posts

One thought on “बाढी पहिरोले देशभरी ३१ जनाको मृत्यु, १५ भन्दा बढी बेपत्ता

Leave a Comment