सप्तकोशीको बहाव बढ्यो, ढोका खोल्न भारतलाई आग्रह

सप्तकोशीको बहावमा उच्च जोखिम देखिएपछि कोशी व्यारेजका सबै ढोका खोल्न उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतलाई आग्रह गर्नुभएको छ ।

मन्त्री महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई कोशीको ढोका खोल्न आग्रह गरेको उनका नीजि सचिवालयले जनाएको छ । कोशीमा रहेका ५६ वटा ढोका मध्ये ३३ वटा ढोका मात्रै खोलिएको छ ।

तराईका अधिकाँश जिल्ला बाढी र डुवानमा परेका छन् । बाढी र पहरोबाट ३२ जनाको मृत्यु भइसकेको छ । बाढीका कारण तराईका जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

Related posts

Leave a Comment